×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले संविधान संशोधनको नाममा भ्रम फैल्याईदै छ : नेता नेपाल

LAXMI SUNRISE BANK

एमाले संविधान संशोधनको नाममा भ्रम फैल्याईदै छ : नेता नेपाल

६ मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो दल संविधान संशोधनको पक्षमा नलाग्ने बताएका छन् । प्रेस चौतारी, बाँके शाखा द्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘संविधान संशोधन केका लागि रु त्यसको औचित्य पुष्टि हुनुपर्छ । राष्ट्रिय अखण्डता, मुलुकको सुरक्षा, स्वतन्त्रता र जातीय एकता बिगार्न संविधान संशोधन गर्न पाइँदैन ।’
एक प्रश्नको जवाफमा नेता नेपालले संविधान संशोधनका नाममा अहिले भ्रम फैलाउन खोजिएको छ, कसैको राजनीतिक स्वार्थपूर्ति र विदेशीको इशारामा संविधान संशोधन हुनै नसक्ने ठोकुवा गरे । उनले भने,‘सबै नेपाली जनताको माग र मुलुकको आवश्यकता स्थानीयदेखि केन्द्रीय तहसम्मको निर्वाचन हो, संविधान कार्यान्वयनका लागि सबैभन्दा पहिले निर्वाचन प्रक्रियालाई अघि बढाउनुपर्छ ।
’ मुलुकले अहिले शान्ति खोजेको छ, राजनीतिक स्थिरता खोजेको छ, आर्थिक समृद्धि र विकास खोजेको छ, तसर्थ यी एजेन्डामा सबै राजनीतिक दल सहमतिमा आउनुपर्छ, उनको भनाइ थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी