×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेस नेताका छोराले गरे यस्तो ‘कु’ कर्म, लमही बजारमा युवतीको संवेदनशील ‘अंग’ च्याप्प

PRIME CA
GLOBAL IME BANK

कांग्रेस नेताका छोराले गरे यस्तो ‘कु’ कर्म, लमही बजारमा युवतीको संवेदनशील ‘अंग’ च्याप्प

२१ कार्तिक २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

दाङको देउखुरी उपत्यकास्थित लमही बजारमा देउसीभैलो खेल्ने युवायवतीमाथि अभद्र व्यवहार गरेर सम्वेदनशील अंग समात्ने समूहका नाइके पक्राउ परेका छन् ।
स्थानीय कांग्रेसी नेता कर्णबहादुर बुढाथोकीका जेठा छोरा किरण बुढाथोकीले कात्तिक १८ गते मध्यराति देउसीभैलो खेल्ने समूहमाथि यौनजन्य अभद्र व्यवहार गरेका हुन् ।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले देउसीभैलोलाई अभद्र व्यवहार भएको उजुरी परेपछि दोषी आरोपित किरण बुढाथोकीलाई अनुसन्धानका लागि पक्राउ गरिएको बताए । ‘यो झै–झगडाको विषय हो’, निरीक्षक खड्काले भने, ‘अनुसन्धान भइरहेको छ । दोषीलाई कारबाही हुन्छ ।’
स्रोतका अनुसार किरण बुढाथोकीसहितको समूहले लमही बजारमा देउसीभैलो खेलिरहेका युवतीहरूमाथि छोडछाड गर्दै बलात्कारको प्रयास गरेपछि हानाहान भएको थियो । लमही बजारका स्थानीय युवाहरूको ‘एम्स डान्स क्लव’का सदस्यहरूले क्लवका लागि भन्दै देउसीभैलो खेलेर रकम संकलन गर्न खोजेका थिए ।

पीडित समूह के भन्छन् ?
देउसीभैलो समूहका युवतीहरूका संवेदनशील अंग छोपेको भन्दै किरण बुढाथोकीविरुद्ध उजुरी परेपछि प्रहरी यो मुद्दालाई कसरी मिलाउने भनेर सक्रिय भएको छ । दुबै समूहलाई मिलाएर बिबाद अन्त्यका लागि प्रहरी निरीक्षक प्रेमबहादुर खड्का लागेका छन् । तर पीडित युवती र आफन्तहरू भने दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै आएका छन् । उनीहरूले शक्तिको आडमा युवतीका गोप्य र संवेदनशील अंग छोप्ने समूहका नाइके किरण बुढाथोकीलाई हदैसम्मको कारबाहीको पक्षमा छ ।

युवतीहरूलाई अभद्र व्यवहार गर्ने किरण को हुन् ?
कर्णबहादुर बुढाथोकीका दुई छोरामध्येका जेठा छोरा हुन् किरण बुढाथोकी । शक्तिको दुरुपयोग गर्दै देउखुरी उपत्यकामा काठ तस्करी गर्दै आएका किरणको गतिविधी शंकास्पद हुँदै गएपछि प्रहरी र स्थानीय प्रशासनले निगरानी गर्दै आएको छ । किरणका भाइ सन्तोष बुढाथोकी अहिलेका वनमन्त्री शंकर भण्डारीका स्वकीय सचिव छन् ।
उनै सन्तोषको संरक्षणमा किरणले काठ तस्करीदेखि गुन्डागर्दी गर्दै आएका छन् । मन्त्रीको पिए भएपछि बेलाबेला सन्तोष दाईकै साथ लागेर लमही बजारमा गुन्डागर्दी गर्दै हिँड्ने गरेको आरोप छ । किरण र सन्तोषले अहिले वनमन्त्री शंकर भण्डारीको नाम लिएर लमही बजारमा उदण्डता देखाउन थालेपछि स्थानीय प्रहरी हैरान भएको छ । यो विषय मिलाउन वनमन्त्री भण्डारीले प्रहरीलाई दबाब दिइरहेका छन् ।
प्रहरी समक्ष के भन्छन् किरण ?
किरणले आफू चढेको गाडीलाई रोकेर देउसीभैलो खेल्ने समूहले तोडफोड गरेको दाबी गर्छन् । उनले यही बयान प्रहरीलाई दिएका छन् । अहिले पनि प्रहरी हिरासतमा रहेका किरणले युवतीहरूको संवेदनशील अंग आफूले नछोपेको दाबी गरेका छन् । तर उनको यो दाबीलाई पीडितहरू मान्न तयार छैनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: