×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निजामती कर्मचारी सङ्गठनको राष्ट्रिय अधिवेशन नेपालगन्जमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

निजामती कर्मचारी सङ्गठनको राष्ट्रिय अधिवेशन नेपालगन्जमा

Artha Sarokar

८ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  – नेपाल निजामती कर्मचारी सङ्गठनको दशौं राष्ट्रिय अधिवेशन मंसिर २७ देखि नेपालगन्जमा हुने भएको छ ।
तीन दिनसम्म नेपालगन्जमा हुने अधिवेशनको सबै तयारी पूरा भएको सङ्गठनका सदस्य गगनबहादुर विकले जानकारी गराए । उनका अनुसार अधिवेशन सम्पन्न गर्नका लागि उपाध्यक्ष मानबहादुर विष्टको संयोजकत्वमा २५१ सदस्यीय मूल व्यवस्थापन समिति र विभिन्न १५ उपसमिति गठन गरिएको छ ।
‘सङ्घीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने मूलनाराका साथ हुन गइरहेको अधिवेशनले तीनवर्षका लागि ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने सदस्य विकले बताए ।
नयाँ कार्यसमितिमा समावेशीसहित १० उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव र एकरएक कोषाध्यक्ष र सहकोषाध्यक्ष चयन गरिनेछ ।
अधिवेशनको नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । सङ्गठनमा अहिले ४० हजार कर्मचारी सहभागी रहेका बताइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी