Skip to content

माईती हिडेकी पदमकली तीन दिन पछि मृत फेला

Dish Home

अर्थ सरोकार

  • कृष्णा चौलागाई /अर्थ सरोकार सम्बाददाता 

 काठमाडौं – जाजरकोटजिल्लाकी  एक महिला माईती जाने भनि हिडेको तिन दिन पछी मृत अवस्थामा फेला परेकी छिन ।  जिल्लाको डाडागाउँ गाविस वडा नं ९ कि ३५ वर्षिय पदमकली रोकाय ढिमे ५ मा मृत फेला परेको प्रहरीले वताएको छ । 
कार्तिक २७ गते विहान घरवाट माईतीमा जाँनका लागी हिडेकी पदमकली कार्तिक ३० गते मृत अवस्थामा भेटिएको मृतकका जेठाज्यू डम्वर रोकायले जानकारी दिनुभयो । फुलचाउली लेखमा वाटो देखी करिव ३ मिटर तल मृत अवस्थामा लास फेला परेको प्रहरीले वताएको छ । 
पदमकली को माईती घर ढिमे ५ रहेको छ । मृतकको लास प्रहरी चौकी पाँचकाटियाले सदरमुकाम ल्याउदै गरेको  प्रहरी प्रमुख हिम्मत वोहराले जानकारी दिनुभयो । घटनाको थप जानकारी आउन अझै समय समेत प्रहरी प्रमुख बोहोराले जानकारी दिनु भयो ।
                                          
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्