×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्थानी पत्रिकाको सनसनीपूर्ण खुलासा: प्रचण्ड भारतसँग बिके

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पाकिस्थानी पत्रिकाको सनसनीपूर्ण खुलासा: प्रचण्ड भारतसँग बिके

Artha Sarokar

२४ कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – पाकिस्तानी मिडियाले पहिलो पटक नेपालको विषयमा आक्रामक सामाग्री प्रकाशन गरेको छ । नेपाली राजनीतिज्ञहरु भारतसँग लम्पसार गर्ने गरेको भन्दै फिचर प्रकाशित गरेसँगै हल्लीखल्ली मच्चिएको छ ।

पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि भारतमा विक्ने नेताको सूचीमा थपिएको पाकिस्तानी मिडिया विश्लेषण गरेको छ ।

पाकिस्तानबाट प्रकाशित हुने पत्रिका साउथ एसिया फोरममा फैजान उसामीले प्रचण्डको पछिल्लो सत्तारोहण पनि भारतकै चाहानामा भएको भन्दै लामो फिचर प्रकाशन गरेको हो ।
प्रचण्डले बालुवाटार छिर्ने समयमा गरेका प्रतिबद्धताहरु कुनै पनि पुरा नभएको र मधेशीहरुको माग बमोजिम संविधान संसोधन हुने सम्भावना तत्काल नभएको भन्दै उक्त  पत्रिकामा संविधान संसोधन नगरी भारतलाई विश्वासमा लिन समेत प्रचण्ड असफल हुने उल्लेख छ ।
यो पत्रिकामा नेपाल नाममा लेखिएको फिचरले पाकिस्तानमा भारतले नेपाललाई निरिह बनाएर राखेको भन्ने बुझाइ पाकिस्तानमा ब्याप्त रहेको बुझ्न कठिन छैन ।

  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी