
- कृष्णा चौलागाई /अर्थ सरोकार सम्बाददाता
काठमाडौं – विश्व पर्वत दिवसलाई लक्षित गरेर पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय रातोपैह्रामा तेस्रो पर्वतीय महोत्सव हुने भएको छ । आगामी मङ्सिर दोस्रो साताबाट सुरु हुने महोत्सवमा ४० कक्षहरु रहने छन् ।
पर्वतीय पर्यावरण संरक्षण र खेलकुद संस्कृतिको प्रवद्र्धन साथै हिमाली क्षेत्रका बासिन्दाको जीविकोपार्जनमा सहयोग पुर्याउने मुख्य उद्देश्यका साथ यो महोत्सव गरिने भएको हो ।

मङ्सिर १० र ११ गते हुने महोत्सवमा क्लाइम्बिङ वाल प्रतियोगिता, छेलो, धनुकाँड, दोहोरीगीत, पर्वतीय वृत्तचित्र प्रदर्शनी लगायत विभिन्न आकर्षण रहने सङ्ग्रहालयमा आयोजित छलफल कार्यक्रममा संयोजक कुशल गुरुङले बताए । महोत्सवमा ज्ञान, सीप र सूचनामूलक तथा विभिन्न आयमूलकसहितका ४० कक्ष रहने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्