
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले मधेशमा दुई प्रदेश सहित बिभिन्न मागलाई सम्बोधन गर्न संबिधान संशोधनको तयारी भइरहेको बताउनु भएको छ ।
जबराले अंगिकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुख बाहेक अन्य महत्वपूर्ण पदमा जान सक्ने गरि संबिधान संशोधनको तयारी भइरहेको बताउनु भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच अबको तीन महिनाभित्र एकिकरण हुने भन्दै उहाँले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेण्डा सहित पार्टी एकिकरण हुन लागेको जबराले बताउनु भयो ।
उहाँले पार्टी एकिकरणसँगै पदिय बाँडफाँड समेत मिलिसकेको भन्दै आफू निर्देशन समितिको राष्ट्रिय अध्यक्ष र राप्रपा नेपालका अध्यक्ष कमल थापा निर्देशक समितिको निर्णय कार्यान्वयन गर्ने पार्टी अध्यक्ष बन्ने बताउनु भयो ।
जबराले पुरानै संरचना अनुरुप स्थानिय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै यसो नगरे स्थानिय निकायको निवार्चन नहुने बताउनु भयो । उहाँले स्थानिय निकायको निर्वाचन पछि मात्र स्थानिय तहको पुर्नसंरचना गर्नुपर्नेमा जोड दिनु भयो ।
पुनर्निर्माणका सवालमा वर्तमान सरकारको सय दिन उपलब्धिमूलक हुन नसक्नुमा पूर्व सरकारले नियुक्ति गरेका प्राधिकरण प्रमुखमा जुनियर ब्यक्ति ल्याएकाले काम गर्ने वातावरण श्रृजना नभएको भन्दै पुनर्निर्माणको कामलाई गति दिन प्राधिकरण प्रमुख परिवर्तन आवश्यक रहेको बताउनु भयो ।
उहाँले वर्तमान सरकारले भूकम्पपीडितहरुलाई तीन महिनामा केही गर्न नसके पनि अर्को जाडोसम्म केही गर्ने बताउनु भयो । नेपालको कुटनीतिक पक्षमा दक्षिण तर्फको सम्बन्ध सुधार भएको भन्दै उत्तरसँगको सम्बन्ध बाहिर आए जस्तो नबिग्रिएको उहाँले बताउनु भयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्