
- अर्थ सरोकार सम्बाददाता
दमक – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर राणाले ८१ प्रतिशत हिन्दु भएको देश कुनै पनि हालतमा धर्म निरपेक्ष मुलुक हुन नसक्ने बताएका छन्। झापाको दमकमा शुक्रबार राप्रपा नगर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राणाले ८१ प्रतिशत हिन्दुधर्मालम्वी बसोबास गरेको मुलुक धर्मनिरपेक्ष हुनैनसक्ने तर्क गर्दै संविधानमा हिन्दु गणतन्त्र कायम गर्न माग गरे। उनले मुलुकलाई संवैधानिक रुपमै हिन्दु गणतन्त्र कायम गर्नुपर्ने जोड दिए।
राणाले हाल संविधानमा उल्लेखित धर्मनिरपेक्षताको प्रावधानलाई संशोधन गराउन आफ्नो पार्टी लागिपर्ने समेत स्पष्ट पारे। अध्यक्ष राणाले राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच चाँडै पार्टी एकीकरण हुने भन्दै दुवै पार्टीको एकता महाधिवेशनबाट राप्रपा नेपालले राजतन्त्रको मुद्दा त्याग्ने र हिन्दु गणतन्त्रको कार्यदिशा पारित हुने जिकिर गरे। आफूले ४० वर्षलामो राजनीतिक जीवनमा सदैव आदिवासी जनजाति, मधेसी, मुस्लिम र अल्पसंख्यकको अधिकारका लागि आवाज उठाएको राणाले बताए।
उनले स्थानीय निकायको निर्वाचन अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्। स्थानीय निकायको निर्वाचनका लागि हालकायम रहेकै गाविस र नगरपालिकालाई आधार मानेर निर्वाचन गर्नुपर्नेमा उनले जोड दिए। विद्यमान संरचनालाई भत्काएर गाउँपालिका बनाउनेतिर लाग्दा निर्धारित मितिमा चुनाव हुन नसक्ने बताए।
लामो समयदेखि स्थानीय निकायको चुनाव हुन नसकेको अवस्थामा स्थानीय तहको निर्वाचन छिटोभन्दा छिटो गर्नुपर्नेमा उनको जोड थियो। उनले संविधान संशोधनको प्रक्रिया अघि बढ्ने उल्लेख गर्दै मधेसमा दुई प्रदेश हुनुपर्छ भन्ने धारणा आफ्नो पार्टीले संविधानसभाको निर्वाचन हुनुभन्दा पहिले नै राखेको जानकारी दिए।
अहिले संविधान संशोधनको प्रस्ताव आएपछि सोही विषयमा पहिलो छलफल हुने उनको भनाइ थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्