×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतले पानी बन्द गर्दा गण्डक जलविद्युत् बन्द, आपूर्ति गर्न भारतबाटै किनियो

PRIME CA
GLOBAL IME BANK

भारतले पानी बन्द गर्दा गण्डक जलविद्युत् बन्द, आपूर्ति गर्न भारतबाटै किनियो

१९ कार्तिक २०७३, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

नवलपरासी- भारतले नहरमा पानी बन्द गरिएपछि नवलपरासीमा रहेको गण्डक जलविद्युत् उत्पादन गृह बन्द भएको छ । भारतीय पक्षले नहर मर्मत तथा सम्भारको नाममा नहरमा पानी नदिँदा नेपालको गण्डक जलविद्युत् केन्द्रमा तीन महिनादेखि विद्युत् उत्पादन बन्द भएको छ ।
नेपाल भारत गण्डक सम्झौताअनुसार १५ मेघावाट विद्युत् उत्पादन क्षमता भएको नवलपरासीको सुरजपुरामा रहेको नेपाल गण्डक पावर हाउस अहिले पूरै सञ्चालनमा आए पनि बढीमा १० मेघावाटमात्र विद्युत् उत्पादन हुने गर्दछ ।
फागुन १८ गतेदेखि भारतीय पक्षले पानी बन्द गरिदिएपछी गृहले अहिले विद्युत् आपूर्ति गर्न भारतबाट १३२ किलो भोल्ट बिजुली किनेर आपूर्ति गरेको जानकारी गण्डक पावर हाउसका प्रमुख सुरेश राउतले दिए ।
गण्डक सम्झौताअनुसार वर्षको असोज १५ देखि कात्तिक १५ गतेसम्म नहरको अनुगमनका लागि र चैत्र १५ गतेदेखि वैशाख १५ गतेसम्म नहर मर्मत तथा सरसफाइका लागि बन्द गरिने प्रावधान रहे पनि भारतले हरेक वर्ष ४ देखि ६ महिनासम्म गण्डक नहरमा पानी बन्द गर्ने गर्दछ ।
सम्झौतामा उल्लेख भएको सहमति अनुसार नहरमा पानी बन्द गर्नुपरे नेपाललाई लिखित जानकारी गराएरमात्र बन्द गर्नुपर्ने भए पनि जानकारी नै नगराउने र बुझ्न जाँदा कुनै जवाफ नै नदिने गरेको गण्डक पावर हाउसका प्रमुखले बताए ।
पावर हाउस बन्द हुँदा दैनिक ८ लाख रुपैयाँसम्म राजस्व घाटा लागेको सम्पर्क तथा भूआर्जन कार्यालय गण्डक नगरका भूआर्जन अधिकारी विश्वबन्धु यादवले बताए ।
असमान गण्डक सम्झौताको असमान बुँदामध्येको विद्युत् उत्पादनसँग सम्बन्धित एउटा हो । नेपालमा गण्डक सम्झौताअनुसार १५ मेगावाट उत्पादन गर्ने गण्डक जलविद्युत् केन्द्र स्थापना गरिएको छ भने भारतले बिहारमा १५ मेगावाटको पूर्वी गण्डक जलविद्युत् केन्द्र र बिहारमै साढे १ मेगावाटको त्रिवेणी जलविद्युत् केन्द्र स्थापना गरेको छ ।

  • एसियन समाचार 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: