×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुजातालाई गिरिजा प्रसादको छोरी भएर पनि ५० लाख दिने निर्णय गरिएको हो :प्रधानमन्त्री प्रचण्ड

PRIME CA

सुजातालाई गिरिजा प्रसादको छोरी भएर पनि ५० लाख दिने निर्णय गरिएको हो :प्रधानमन्त्री प्रचण्ड

३० कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • कृष्णा चौलागाई अर्थ /सरोकार डटकम 

काठमाडौं – काँग्रेस नेत्री  सुजता कोइरालालाई उपाचारको लागि भन्दै प्रचण्ड सरकारले ५० लाख दिने निर्णय गरे संगै त्यसको चौतर्फी बिरोध भएको छ ।  यता भने  प्रचण्डले कांग्रेस नेत्री सुजाता कोइरालालाई ५० लाख दिने सरकारी निर्णयको बचाउ गर्न खोजि राखेका छन् । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विशेष आग्रहमा आफुले कोइरालालाई ५० लाख दिने निर्णय गराएको बताए ।
सोमबार बालुवाटारमा पत्रकारहरुसँगको भेटघाटमा प्रधानमन्त्री दाहालले भने  कांग्रेस सभापति शेरबहादुर देउवाले सुजाताको उपचारका लागि एक करोड रकम मागेको तर सरकारले ५० लाख दिएको बताए । ‘कांग्रेस सभापति देउवाले एक करोड माग्नु भएको थियो तर ५० लाख दिने निर्णय भएको छ, प्रधानमन्त्री दाहालले भने ‘यो निर्णयलाई विपक्षले इस्यू बनाएका छन् ।
प्रधानमन्त्री दाहालको निमन्त्रणमा  करिब एक दर्जन पत्रकार बालुवाटार पुगेका थिए । बालुवाटारमा उनले निर्णयका पक्षमा खुलेर लाग्न पत्रकारहरुलाई आग्रह  समेत गरेका छन्  । दाहालले भने सुजाता गिरिजाप्रसाद कोइरालाकी छोरी भएका कारण पनि सहयोग गरेको हो उनले भने ।
‘गिरिजा मेरा अभिभावक हुनुहुन्थ्यो, म सुजाताको अभिभावक हुँ’ पत्रकारहरुसँग  दाहालले भने ‘गम्भिर विरामी परेका बेला सहयोग गर्नु मेरो कर्तब्य हो, त्यही आधारमा ५० लाख सरकारले उपचार खर्च छुट्टयाएको छ ।’ दाहालले सुजाता कांग्रेसकी वरिष्ठ महिला नेत्री र पूर्व उपप्रधानमन्त्री समेत भएको बताउँदै उनको उपचार खर्च राज्यले नै ब्यहोर्नु नै पर्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: