
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले दुई ठुला छिमेकी देशबाट आर्थिक लाभ लिन सक्नपर्ने बताएका छन् । त्रिदेशीय साझेदार रणनीति सम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले द्रुत गतिमा आर्थिक विकास गरीरहेका नेपालक दुई छिमेकी भारत र चीनबाट नेपालले पर्याप्त आर्थिक लाभ लिन सक्नुपर्ने बताएका हुन् ।
उनले आर्थिक विकासमा विश्वमा फड्को मारिरहेका भारत र चीनको आर्थिक गतिविधिले नेपालको आर्थिक विकासमा सहयोग पुग्नेगरि रणनीति बनाउनु पर्ने बताए। प्रधानमन्त्री प्रचण्डले नेपाल जस्तो अल्पविकसित मुलुकले त्रिदेशीय साझेदारबाट आर्थिक लाभ लिन प्रभावकारी कदम चाल्न सरकार तयार रहेको धारणा राखे।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले नेपाल प्राकृतिक रुपमा सम्पन्न भएकाले आर्थिक विकासको सम्भावना भएको बताए । उनले नेपालमा दक्षिण एशियाकै जलविद्युतमा बढी संभावित मुलुक भएकाले यसको प्रर्वदनका लागि ठुलो लगानी र प्रविधि भित्रन आवश्यक रहेको धारणा राखे ।
पूर्व अर्थमन्त्री महतले नेपालको पर्यटनको प्रर्वद्धन गर्नसके दक्षिण एसियामै पर्यटकीय हवको रुपमा विकास गर्न सकिने बताए । नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले नेपालले छिमेकी मुलुकहरुको आर्थिक विकासलाई नेपालले दुई देश जोड्ने व्यापारीक हवको रुपमा विकास गर्न सकिने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्