Skip to content
LAXMI SUNRISE BANK

अरुले तपाई भनोस नभनोस प्रधानमन्त्री प्रचण्डको आफ्नै ‘मपाई’

अर्थ सरोकार

काठामाडौं – अरुले तपाई भनोस नभनोस आफैले मपाई भनेझैं आफ्नो हनिमुन पिरियडको खुशियाली मनाँउदै प्रधानमन्त्री प्रचण्डले हिजो भने सरकारले तीन सय दिनमा गर्न नसक्ने काम सय दिनमा पूरा गरेको छ ।
ओली नेतृत्वको सरकारले छिमेकी मुलुकसँग ‘सन्तुलित’सम्बन्ध कायम गर्न नसकेको आरोप लगाँउदै उक्त सरकार ढालेर गत साउन २० मा प्रचण्ड प्रधानमन्त्री बनेको सय दिन पुगेको अवसरमा उनले आफ्नो गुणगान आफैंले गाएका हुन ।
प्रधानमन्त्रीको सपथ खाएसँगै देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले   ठूला ठूला घोषणाहरु गरे,आश्वासनका पोकाहरु बाडे तर ति केही पूरा हुन सकेनन । जस्तो ७२ साल वैशाख १२ र २९ गते गएको भुकम्पबाट अति प्रभावित ११ जिल्लाका पिडितलाई ४५ दिनभित्र पहिलो किस्ता वापतको अनुदान रकम दिइसक्ने घोषणा गरेका थिए । सो रकम अझैंसम्म पीडितहरुले पाउन सकेका छैनन । बर्खायाम टहरामै गुजारेका भुकम्प पीडितहरुको यो हिँउद टहरामै बित्ने भएको छ ।
देशभित्रका गरिब पहिचान गरी ४५ दिनभित्र गरिब परिचय पत्र वितरण गर्ने कार्यक्रम पनि अलपत्र परेको छ ।
तीन महिनाभित्र हरेक अस्पताल र स्वास्थ्य चौकीमा चिकित्सक पुर्याउने भनिएको थियो । तर, १०० दिन पुरा हुँदा केही प्रगति भएको छैन ।
हरेक मन्त्रालयले आफ्नो कार्यक्रममा गरिबसँग सम्वन्धित कार्यक्रम सञ्चालन गर्ने भन्दै प्रधानमन्त्रीले उच्च प्राथमिकता दिएर यस्तो कार्यक्रम घोषणा गरेका थिए । त्यो पनि अलपत्र परेको छ ।
सरकार गठनको आधार तयार गर्दैगर्दा प्रधानमन्त्रीले मधेसी मोर्चाले तीनबुँदे सहमति गरेका थिए । मधेस आन्दोलन भनिएको तराईको आन्दोलनमा मारिएकालाई शहिद घोषणा र मारिएका व्यक्तिको परिवालाई १० लाख दिएको छ । तर, सरकारले तत्काल संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने प्रतिवद्धता जनाए पनि त्यो काम गर्न सकेन ।
कर्णालीमा जन्मँदा र मृत्यु हुँदा २० केजी चामल दिने प्रधानमन्त्रीको अर्को घोषणा हो । प्रधानमन्त्री दाहालले कर्णालीको गरिबीलाई लक्षित गरी कर्णालीमा कोही सुत्केरी हुँदा र मानिस मर्दा तिनका परिवारलाई २० केजी चामल दिने घोषणा गरेका थिए । एस काठमाडौंवाट साभार गरिएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK