
- अर्थ सरोकार संम्बाददाता
काठमाडौं – संविधान संशोधनका कारण सत्तारुढ दलहरूभित्र समेत आलोचित भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले आज अचानक मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह पाँच बजे बस्ने बैठकमा संविधानस संशोधनसम्बन्धी विधेयक सदनमा दर्ता गराराउने विषयमा छलफल हुने सक्ने बुझिएको छ ।
‘मधेसी मोर्चा समेत आवद्ध रहेको संघीय गठबन्धनले सरकार गठबनका बेला भएको तीन बुँदे सहमतिको औचित्य समाप्त भएको चेतावनी दिएपछि प्रधानमन्त्री आत्तिनु भएको छ’, एक मन्त्रीले भने, ‘सायद संशोधनकै विषयमा कसरी जाने भनेर छलफल गर्न बैठक बोलाउनु भएको हुन सक्छ ।’
उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनले संविधान संशोधनका लागि भनेर दिएको १५ दिनको म्याद सोमबार सक्किएको छ ।
गठबन्धनको दवाव थेग्न नसकेर प्रधानमन्त्री दाहालले बैठक बोलाएको अनुमान उनको निजी सचिवालयको पनि छ । स्रोतका अनुसार विभिन्न मन्त्रालयका नियमित एजेण्डाले पनि मन्त्रिपरिषद बैठकमा प्रवेश पाउनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्