×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डसँगै काम गर्न किन कर्मचारी टिक्दैनन्

LAXMI SUNRISE BANK

प्रचण्डसँगै काम गर्न किन कर्मचारी टिक्दैनन्

२७ कार्तिक २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – माओवादी केन्द्रका अध्यक्ष  प्रचण्ड नेतृत्वको उच्चस्तरीय राजनीतिक संवाद तथा सहमति समितिलाई किन कुनै पनि कर्मचारीले पत्याएनन् र, पंगु भयो । समिति बनेको वर्ष दिनमा तीन जना सचिव फेरिए तर कोही पनि दुई महिनाभन्दा टिकेनन् । नौ महिनाको अवधिमा तीन महिना कर्मचारीसहित र बाँकी ६ महिना कर्मचारीविना समिति चल्यो ।
सुरुको दुई महिना नेतृत्वविहीन रहेको यो समितिमा त्यसपछाडि प्रधानमन्त्री कार्यालयका सचिव प्रेम राईले दुई महिना सम्हाले । एक जना सहयोगी र एक जना कर्मचारीको भरमा चलाउनुपर्ने उक्त कार्यालयमा काम केही नहुने भएपछि प्रेमको मन रमेन ।
त्यसपछि गुणस्तर विभागको महानिर्देशक हुँदै उपराष्ट्रपति कार्यालय पुगेकी जीवनप्रभा लामालाई ल्याएर थन्क्याइयो । बस्नका लागि एउटा टेबल, कुर्सीबाहेक अरू कुनै पूर्वाधार छैन । कार्यालय रुँग्नेभन्दा अरू केही इलम नभएपछि लामाले पनि यता बस्न रुचाइनन् । यहाँबाट दिपायलस्थित सुदूरपश्चिम विकास आयोजनामा पुगिन् ।
 पाँच महिना यो आयोजनाको नेतृत्व गरेर रिटायर्ड भइसकेकी छन् । लामाले छाडेपछि झण्डै महिना दिन खाली रहेको यहाँ श्रम मन्त्रालयका सचिव रामकुमार आचार्य आए । तर, काम केही नहुने भएपछि छाडेर हिँडे । वैशाखदेखि समिति नेतृत्वविहीन छ । पुनर्निर्माण प्राधिकरण रहेकै स्थानको सुविधासम्पन्न भवनमा मुस्किलले यसको दुई पटक बैठक बस्यो । तर, एजेन्डा केही थिएन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी