×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीलाई दिए एमाले अध्यक्ष केपी ओलीले चेतावनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रधानमन्त्रीलाई दिए एमाले अध्यक्ष केपी ओलीले चेतावनी

Artha Sarokar

१० मंसिर २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध अदालत जाने चेतावनी दिएका छन् । विहीवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा चर्को विवाद भएपछि ओलीले अदालत जाने चेतावनी दिएका छन् ।
बैठकमा प्रधानमन्त्री दाहालले पाँच नम्वर प्रदेश टुक्राउने गरी संविधान संशोधनमा आफुहरु अघि बढिसकेको बताएका थिए । पाँच नम्वर प्रदेशका पहाडी जिल्ला छुट्याउने गरी संविधान संशोधनमा लागि सकेका छौ, सके सहयोग गर्नुहोस नसके धेरै चर्को विरोध नगर्नुहोस्, प्रधानमन्त्री दाहालले भने ।
प्रधानमन्त्रीको भनाईपछि ओलीले कडा प्रतिवाद गरेँ । तपाई जुन कार्य गर्दै हुनुहुन्छ त्यसले न त राष्टलाई फाइदा गर्छ न त तपाईलाई नै । राष्टघाति काम गरे म तपाई विरुद्ध अदालत जान्छु, सडक र सदन दुवै ठाउँमा लड्न तयार छौ ।
ओलीले कडा प्रतिवाद गरेपछि दाहालले कांग्रेस र मधेसी मोर्चा सवै प्रस्तावका पक्षमा रहेको तर एमाले मात्र प्रस्तावका विपक्षमा रहेको बताउँदै कम आलोचना गर्न आग्रह गरेका थिए । तर ओलीले राष्टघाति कदमका बिरुद्ध आफु र आफ्नो पार्टी चुप लागेर नवस्ने बताए ।
ओलीले सीमांकन हेरफेर गर्ने अधिकार अब यो संसदसँग नरहेको बताउँदै संबैधानिक जटिलता पनि औल्याएका थिए । सीमांकन हेरफेर गर्ने अधिकार प्रदेश सभालाई मात्र छ । तर तपाई गलत कदम चाल्दै हुनुहुन्छ यसमा हामी कडा प्रतिवाद गछौ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी