×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड भन्दा क्रान्तिकारी पण्डित पो रहेछन !

PRIME CA
GLOBAL IME BANK

प्रचण्ड भन्दा क्रान्तिकारी पण्डित पो रहेछन !

१८ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – देश त स्वतन्त्र छ । तर, आफ्नो अधिकारका लागि किन उनीहरु मधेसीले मर्न परिरहेको छ  के जनता पनि स्वतन्त्र छन  । 
प्रधानमन्त्री प्रचण्डले पनि समावेशीताका लागि संघर्ष गरे । सत्तामा गएपछि सबै पण्डित हुन्छन् । तर, पण्डितले कहिल्यै पनि समानताको कुरा गर्दैन । जसले समावेशीताको सिद्धान्त बनाए, उनीहरुले नै जेष्ठता, श्रेष्ठता, जाति, धर्मका नाममा हुने विभेद रोक्न सकेको छैंन । किन रोक्न सकेनन् रु किनकी जब विशेषअधिकार पाउने स्थानमा गए, उनीहरुले केही गरेनन् ।
हाम्रा शासकहरु पुरै पण्डित बनेका छन् । जनतालाई भएको कष्ट हटाउन आएको भन्छन् । तर, आएपछि सबै बाचा भुल्छन् । यदि उसको एटिच्युड अफ माइन्ड त्यस्तो रहेसम्म पछाडि पारिएको समुदायले केही पाउँदैनन् । उसले आफ्नै समुदायकै लागि मात्र काम गर्छ ।
गोली चलाउनु पर्यो भने घुँडाभन्दा मुनी हान्नुपर्छ, यो पनि चेतावनी दिएर । तर, हाम्रो आन्दोलनमा ८० प्रतिशतभन्दा धेरैलाई कम्मरभन्दा माथि गोली हानिएको छ । किन यस्तो भयो रु कहिल्यै सोच्नु भएको छ रु किनकी अलग–अलग समुदाय छ र जसमाथि गोली चल्यो, उनीहरु पीडित समुदाय हुन् ।
जतिबेला ड्राफ्ट बन्यो, त्यसबेला नै विरोध भएको थियो । तर, जारी भयो । अहिले संविधान कहाँ कार्यान्वयन भएको छ  सबै व्यवस्था अन्तरिम नै छ । हाम्रो मागअनुसार संविधान संशोधनका लागि प्रधानमन्त्री प्रचण्डले पछिल्लोपटक कात्तिक मसान्तभित्र संविधान संशोधन विधेयक संसदमा दर्ता गर्छु भन्नुभएको छ । 
तर, कस्तो प्रस्ताव आउँछ, हामीलाई थाहा छैन । सरकारले ल्याएको संविधान संशोधनले हाम्रो माग सम्बोधन नभए असन्तुष्टि कायमै रहनेछ । यो नविर्सौ । एस काठमाडौंबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: