
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – भारतीयको दबाबमा संविधान संशोधन गरी उनीहरुलाई नै नेपालको संवैधानिक निकायका मुख्य पदमा पुर्याउन कम्मर कस्सेर लागेका प्रधानमन्त्री प्रचण्डको आफ्नै पार्टीभित्र समेत चौतर्फी आलोचना हुन थालेपछि प्रधानमन्त्री प्रचण्डले हुँदै नभएको हल्ला भन्दै आफ्नो बचाउ गर्दै आइरहेका छन ।
संविधान संसोधनमा अंगिकृत नागरिकलाई पनि राष्ट्रप्रमुख र विभिन्न निकायमा नियुक्त गर्ने बाटो खोलिएको प्रमाण सहितका समाचार भाइरल बनेसँगै प्रचण्ड समस्यामा परेका हुन ।
उक्त संशोधित मस्यौदामा सरकारले अंगिकृत नागरिकता लिएकालाई पनि १० वर्षपछि राष्ट्र प्रमुख, सरकार प्रमुखजस्ता संवैधानिक पदमा पुग्न योग्य हुने प्रावधान समेटिएको छ ।
यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालले पनि फेसबुकमा स्ट्याटस लेखेर यसको विरोध गरेका छन् । संविधान संसोधनको नकक्ली ड्राफ्ट सार्वजनिक गर्ने र त्यसको विरोध गर्ने दुवै काम एमालेको भएको हास्यस्पद् आरोप लगाएका छन् ।
बहश गर्नुनै छ भने कुनै पूर्वाग्रह नराखी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख निर्माण गर्न बहश गरौ बांकी यस्ता भ्रमका पछि नलागौ । के देशलाई सधै उदोगति तिर धकेल्ने हो रुरु जनताबाट चुनिएको कार्यकारी प्रमुखको लागि नमान्ने पार्टीलाई मान्न बाध्य पारौं । माओवादीको एेजेण्डा भनेर यसलाई धकेन्न नखोजौ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्