Skip to content
LAXMI SUNRISE BANK

सवै मन्त्रीहरुले सम्पत्ति विवरण बुझाउदा पनि किन प्रधानमन्त्री प्रचण्डले बुझाएनन् सम्पति बिबरण

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – प्रधानमन्त्री प्रचण्डका पुत्र तथा स्वकिय सचिव प्रकाश दाहालले प्रवक्ता दामोदर रेग्मीलाई प्रधानमन्त्री कार्यलयको वेवसाइटमा सम्पत्ति विवरण सार्वजनिक किन नगरेको भन्दै झपारेको केही दिन नबित्दै प्रधानमन्त्री प्रचण्डको ठाडो निर्देशनमा उक्त विवरण सार्वजनिक नभएको खुलासा हुन आएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयमा सहसचिवको जिम्मेवारी सम्हाल्दै आएका प्रवक्ता रेग्मीलाई स्वकिय सचिव दाहालले किन अहिलेसम्म सम्पत्ति विवरण वेवसाइटमा सार्वजनिक नगरेको भन्दै हकारेका थिए ।
प्रधानमन्त्रीज्यूले किन सम्पत्ति लुकाउन चाहनुभयो त्यो त थाहा भएन तर प्रधानमन्त्री प्रचण्ड ज्यूको अनिच्छाकै कारण सम्पत्ति विवरण सार्वजनिक नभएको  प्रधानमन्त्री कार्यलय स्रोतले जानकारी गराएको छ ।
प्रधानमन्त्री कार्यलयमा सबै मन्त्रीज्यूहरुको सम्पत्ति विवरण आइसकेको छ । मन्त्रिपरिषदले विवरण सार्वजनिक गर्ने निर्णय गरेलगत्तै हामी सार्वजनिक गर्छौँ तर मन्त्रिपरिषदले निर्णय गरेको छैन । यसअघि कतिपय मन्त्रीको नियुक्ति भएको ६० दिन नपुगेका कारण ढिला भएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री पदको सपथ ग्रहण गरेको तीन महिना कटिसक्दापनि उनीसहित २४ मन्त्रीले अहिलेसम्म सम्पत्ति विवरण पेश नगर्नूलाई गम्भीरतापूर्वक हेरिएको छ । प्रधानमन्त्री प्रचण्ड साउन १९ गते प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK