Skip to content
LAXMI SUNRISE BANK

प्रचण्डले संखुवासभा पुगेर भने कोसी–ल्हासा राजमार्ग मेरै कार्यकालमा’

अर्थ सरोकार

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोसी–ल्हासा राजमार्ग सरकारको प्राथमिकतामा रहेको बताएका छन् । आफ्नै कार्यकालमा निर्माण सक्ने उनले दाबी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार किमाथांका नाका र अरुण तेस्रोको बाँधस्थल फ्याक्सिदाको अवलोकन गरेका छन् । सो क्रममा खाँदबारीमा प्रचण्डले कोसी–ल्हासा राजमार्ग भारत र चीनको तिब्बत जोड्ने छोटो राजमार्ग भएको र छिटै निर्माण सकिने बताएका हुन् ।

यो राजमार्ग उपयुक्त छ, त्यसैले मेरै कार्यकालमा यसको काम सुरुवात हुन्छ,’ सोमबार खाँदबारी पुगेका प्रधानमन्त्री प्रचण्डले भने, ‘चिन्ता नलिनुहोस्, छिटोभन्दा छिटो काम हुन्छ ।’ सो राजमार्ग धेरै हिसाबले महत्वपूर्ण भएकाले पनि आफ्नो नेतृत्वको सरकारले प्राथमिकतामा राखेको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK