
गाँउघरमा उखान छ,आपुतलीको धनले फुपुको श्राद्ध । प्रधानमन्त्री प्रचण्डले यस्तै उखानको चरितार्थ गरेकाछन ।
भीआइपीले स्वास्थ उपचारका लागि राज्यकोषबाट पैसा लिन नहुने गगन थतापाको उद्घोष । तर,यिनै गगन थापालाई जिल खुवाउदै प्रचण्ड नेतृत्वको सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचार खर्चका लागि ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेसँगै प्रचण्ड सरकारको चौतर्फी आलोचना हुन थालेको छ ।
कतिपय मन्त्रीहरुलाई समेत झुक्याएर आइतबारको मन्त्रीपरिषद बैठकले ५० लाख उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको होे ।
विशिष्टहरुलाई उपचार खर्चको नाममा मनपरीतन्त्र बढेपछि सर्वसाधारणहरुको समेत मतलाई सम्मान गर्दै विशिष्ट पदाधिकारीलाई जीवनभरमा एक पटक अधिकतम १५ लाखसम्म उपचार खर्च दिन सकिने गरी स्वास्थ्य मन्त्रालयले उपचार खर्चसम्वन्धी मापदण्ड बनाएको थियो ।
तर, सो मापदण्डमाथि छलफल र निर्णय गर्नुअघि गृहमन्त्री विमलेन्द्र निधि र काँग्रेस सभापति शेरबहादुर देउवाको दवाबमा कोइरालालाई ५० लाख उपचार खर्च उपलब्ध गराउने निर्णय भएको हो ।
स्तन क्यान्सरबाट पीडित कोइराला थप उपचार गर्न भन्दै आइतबार नै सिंगापुरतर्फ लागेकी छिन् ।
प्रचण्ड सरकार बनेपछि पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई उपचार खर्च दिने निर्णय भएको छ । उनलाई सुरुमा ६० लाख उपचार खर्च दिइएको थियो । पछि यसलाई पेश्कीमा बदल्दै सबै उपचार खर्च दिने र टोलीको सबै खर्च व्यहोर्ने निर्णय गरेको थियो ।
तर, राजनीतिज्ञ तुलसी गिरीलाई उपचार खर्च दिने प्रस्ताव भने पुर्वाग्रही ढंगले रोकिएको थियो ।
- एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्