×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्ञानेन्द्रका कारण प्रचण्ड चीन र भारत दुवैबाट सशंकित !

LAXMI SUNRISE BANK

ज्ञानेन्द्रका कारण प्रचण्ड चीन र भारत दुवैबाट सशंकित !

१२ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रको भारत तथा चीन भ्रमणलाई ‘प्रतिगामी षड्यन्त्र’ का रूपमा चित्रण गर्दै संविधानमा स्वीकार्य बढाएर मुलुकलाई निर्वाचनमा नलगे राजनीतिक उपलब्धि गुम्ने खतरा रहेको औंल्याएका छन् ।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार भएको पोलिटब्युरो बैठकमा प्रधानमन्त्री दाहाल पूर्वराजा ज्ञानेन्द्रले भारत र चीनमा गरेको भ्रमण र त्यहाँ भएका छलफलको जानकारी पाएजस्तो गरी प्रस्तुत भएका थिए ।
उनले भने, ‘ज्ञानेन्द्रको उत्तर र दक्षिण मुभ, अँध्यारा कोठाहरूमा भइरहेका छलफल प्रतिगामी चलखेल र षड्यन्त्रका रूपमा भइरहेका छन् । संविधानमा स्वीकार्य बढाएर मुलुकलाई निर्वाचनमा लैजान सकेनौं भने राजनीतिक उपलब्धि गुम्ने खतरा छ । राजनीतिक उपलब्धिका लागि हाम्रो योगदान थियो । त्यसलाई बचाउन हाम्रो योगदान चाहिन्छ । हिमाल, पहाड र तराईलाई एक ढिक्का बनाएर संविधान कार्यान्वयन गराउनुपर्नेछ ।’
बैठकमा उनले प्रस्तावित संविधान संशोधन विधेयकमा मधेस केन्द्रित दलहरूले सहमति नजनाए माओवादी केन्द्रको पूर्ववर्ती निर्णयअनुसार दस प्रदेशको एजेन्डामा जाने चेतावनी दिए । यद्यपि मधेस केन्द्रित दलहरूसँग संशोधनका लागि सहमतिको भगीरथ प्रयास दाहालले गरिरहेका छन् ।
माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा शनिबार प्रधानमन्त्री दाहालले संशोधनमा सत्ता गठबन्धन र मधेस केन्द्रित दलका बीचमा सहमति नभए आफ्नो पार्टीले यसअघि ल्याएको जाति, भूगोल र भाषामा आधारित १० प्रदेशको एजेन्डा अघि बढाउनुपर्ने प्रस्ताव ल्याएको नेता लोकेन्द्र बिष्टमगरले बताए ।
प्रमुख प्रतिपक्ष एमाले संशोधनको विपक्षमा उभिएपछि आइतबार सत्ता गठबन्धनका दलसँग निर्णायक छलफल गर्ने तयारीमा आफू रहेको दाहालले बैठकमा बताएका थिए । संशोधन कहिलेसम्म संसद्मा दर्ता गर्ने भन्नेबारे केही नबताएका उनले आइतबार पनि यसमा साझा धारणा बनाउन छलफल गरिने बताए ।
संशोधन, पार्टी संगठन, निर्वाचन, सरकार र अहिलेको राजनीतिक अवस्थामा केन्द्रित पार्टी पोलिटब्युरो बैठकमा प्रधानमन्त्री दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहको चीन भ्रमणलाई प्रतिगामी षड्यन्त्रको दायाराभित्र राखेर विश्लेषण गरेका छन् ।

  • अन्नपूर्ण पोष्टबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी