
काठमाडौँ –भारतीय पत्रिका द हिन्दूले नेपालमा संविधान संशोधन विधेयक संसदमा दर्ता हुनुलाई सकारात्मक भन्दै प्रधानमन्त्री प्रचण्डको प्रशंसा गरेको छ । हिन्दूले बुधबार आफ्नो सम्पादीयमा प्रचण्डको यो कदमलाई साहसिकको संज्ञा दिएको छ । ‘नेपालको संसदमा संविधान संशोधन विधेयक दर्ता भएको छ’, हिन्दूले लेखेको छ, ‘प्रचण्डको नेतृत्वमा सरकार बनेपछि यो उनको पहिलो सकारात्मक र साहसिक निर्णय हो ।’
हिन्दूले संविधान विधेयकले गत वर्ष संविधान जारी भएदेखि नै असन्तुष्टि जनाएर आन्दोलन गरिरहेको मधेसी मोर्चा र अरु सीमान्तकृत समुदायको माग सम्बोधनको बाटो खोलेको दाबी गरेको छ । संविधान संशोधन विधेयक पारित भए मधेसमा मधेसी बाहुल दुई प्रदेश बन्ने भन्दै उसले खुसी व्यक्त गरेको छ । यस्तै वैवाहिक अंगीकृत नागरिकलाई समेत अधिकार दिने गरी संशोधन प्रस्ताव आएकाले सकारात्मक रहेको उसको निस्कर्ष छ ।
विधेयक पारित भए महिला र सीमान्तकृतहरुको राष्ट्रिय सभामा प्रतिनिधित्व बढ्ने सम्पादकीयमा छ । ‘यी सबै संविधान जारी भएपछि आन्दोलनमा रहेका मधेसी दलका माग थिए’, हिन्दूले लेखेको छ, ‘यसले वैवाहिक अंगीकृतहरुलाई अधिकार दिन्छ । महिला र सीमान्तकृत समूहको राष्ट्रिय सभामा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्छ’ सम्पादकीयमा लेखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्