×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसकारण पो सार्वजनिक नभएको रहेछ प्रचण्डको सम्पत्ति विवरण

PRIME CA
GLOBAL IME BANK

यसकारण पो सार्वजनिक नभएको रहेछ प्रचण्डको सम्पत्ति विवरण

२२ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – आज प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेको तीन महिना तीन दिन पुगिसकेको छ । कानूनमा उल्लेख भए बमोजिम मन्त्री भएको १ हप्ताभित्रमा सम्पत्ति विवरण पेश गर्नुपर्ने हुन्छ तर प्रचण्डसहितका माओवादी मन्त्रीहरुले अहिलेसम्म सम्पत्ति विरण पेश गरेका छैंनन् ।
माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रहेका दुई उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण पेश नगर्नुको पछाडि एउटा रहस्यमय घट्ना फेला परेको छ ।
रहस्यका पात्र हुन् प्रबक्ता दामोदार रेग्मी । हाल प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयमा सहसचिवको जिम्मेवारी सम्हाल्दै आएका उनले सबै मन्त्रीहरुको सम्पत्ति विवरण प्राप्त भएपनि वेबसाइटमा प्रकाशित गरेका छैंनन् । तर पटक पटक मुख्य सचिव सोमलाल सुवेदी लगायतका कर्मचारीले उक्त विवरण प्रकाशित गर्न आग्रह गरेपनि प्रबक्ता रेग्मीले पूर्ण रुपमा विवरण प्राप्त नभएको बताउँदै प्राप्त भएपछि विवरण सार्वजनिक गर्ने बताउँदै आएका छन् ।
यसरी उनले अहिलेसम्म कुनै मन्त्रालयका मन्त्रीहरुको सम्पत्ति विवरण प्रधानमन्त्री कार्यलयको आधिकारिक वेबसाइटमा नहालेपछि प्रधानमन्त्री प्रचण्ड पुत्र तथा स्वकिय सचिव प्रकाश दाहालले प्रवक्ता रेग्मीलाई कालोनिलो हुनेगरि झपारेका रहेका छन् । अहिलेसम्म किन सम्पत्ति विवरण सार्वजनिक नगरेको ? भन्दै हप्किदप्कि गरेपनि उनले उही पहिलेकै जवाफ फर्काएका थिए । त्यससँगै प्रचण्ड पुत्र दाहालले माओवादीको बदनाम गरेको आरोप लगाउँदै कर्मचारीहरुले गर्दा मिडियाले आफूहरुको खेदो खनेको भन्दै उनले रेग्मीलाई हकारेका हुन ।
पछिल्लो पटक प्रधानमन्त्री प्रचण्ड नेतृत्वको  सरकार गत भदौ १३ गते विस्तार गरिएको हो । अहिले प्रचण्ड सरकारमा रहेका २ उपप्रधानमन्त्री, २४ मन्त्रीसहित ४ राज्यमन्त्रीले समेत सम्पत्ति विवरण बुझाएका छैंनन् । 
 एस काठमाडौंबाट 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: