×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्डको मासिक खाजा खर्च ८ लाख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्री प्रचण्डको मासिक खाजा खर्च ८ लाख

Artha Sarokar

२२ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – पत्याउनुहुन्छ  मासिक ८० हजार तलब आर्जन गर्ने प्रधानमन्त्री प्रचण्डले एक महिनामा मात्रै  ७ लाख ३५ हजार ९ सय ५४ रुपैयाँको खाजा खाँदारहेछन । प्रधानमन्त्री कार्यलयमा खाजा वितरण गर्दै आएको बुद्धनारायण खाद्यान्न सप्लायर्स प्रालिले एक महिनाको अवधीमा उक्त रकम बुझेको छ ।
प्रधानमन्त्रीसँग सम्वन्धित बैठक र उनको सचिवालयसहितले एक महिनामा ७ लाख ३५ हजार ९ सय ५४ रुपैयाँको खाजा खाएको बिल सार्वजनिक भएको छ ।
एकजना अधिकृतस्तरको सरकारी कर्मचारीको मासिक तलब ३० हजार हुन्छ । वर्षभरीमा उसले जम्मा ३ लाख ६० हजारमात्र पाउँछ । भत्ता र अतिरिक्त अन्य स्रोतहरुबाट गरी ४ लाखसम्म वार्षिक आम्दानी गर्न सक्छ ।
उक्त पैसाबाट कम्तिमा ३ जनाको परिवारले लाउने, खाने, बस्ने, स्वास्थ्य उपचार र शिक्षामा लगानी गरेर भैपरि खर्चका लागि समेत बचाउन बाध्य हुन्छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी