
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रिय गौरवका आयोजनाको नियमित अनुगमन र निरीक्षण गर्ने घोषणा अनुरुप पूर्वी नेपालका तीन आयोजनाको स्थलगत निरीक्षण गर्ने भएका छन् । समयमै आयोजना सम्पन्न गर्ने प्रधानमन्त्रीको पूर्वघोषणा कार्यक्रम बमोजिम मंगलबार प्रधानमन्त्री प्रचण्डले पूर्वी नेपालका तीन आयोजनाको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको नीजि सचिवालयले जनाएको छ ।
निर्माणाधीन ४५६ मेघावाटको तामाकोशी जलविद्युत् आयोजना, तेह्रथुम बसन्तपुरबाट नेपालको उत्तरी नाका जोड्ने १ सय ६२ किलोमिटर लामो उत्तर दक्षिण कोशी लोकमार्ग र संखुवासभाको सडक निरीक्षण र सरकारी कार्यालयका प्रमूखहरुलाई निर्देशन दिने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।
निरीक्षण एवं अनुगमनका क्रममा प्रधानमन्त्रीले आयोजनाहरुको प्रगति अवस्था, समस्या, चुनौति र सरकारको तर्फबाट गर्नुपर्ने सहयोगका बारेमा छलफल र विशेष निर्देशन दिनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्