×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइजी मौन, डिआइजीको मस्ती, प्रहरी अधिकारीहरुवीच कसरी कमाउने भन्ने होड !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइजी मौन, डिआइजीको मस्ती, प्रहरी अधिकारीहरुवीच कसरी कमाउने भन्ने होड !

१४ मंसिर २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । प्रहरी महानीरिक्षकलाई हटाउने हल्ला चलेसँगै मुलुकका प्रमुख नाकाको जिम्मेवारी लिएका प्रहरी अधिकारीहरुवीच कसरी कमाउने भन्ने होड चलेको छ । 
महानीरिक्षक उपेन्द्रकान्त अर्याललाई वर्तमान सरकारले हटाउने हल्ला गर्नु र उनको अवधि करिव ३ महिना मात्रै हुनुले चेनअफ कमाण्डमा पनि केही असजिलो बन्दै गएको छ । साथै नाकमा रहेका हाकिमहरुले धन्दा तिर ध्यान दिन थालेका छन् । 
पछिल्लो समय त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा प्रहरीकै सेटिङमा तस्करी मौलाएको छ । नेपाल प्रहरीले प्रत्यक्ष निगरानी राख्दै आएको सो क्षेत्रका अवैध र ओसारपसारमा प्रतिबन्धित सामग्री खुलेआम आयात निर्यात गरेर तस्करी बढेको स्रोतले जनाएको छ । 
अहिले एयरपोर्टको मुख्य जिम्मेवारी नेपाल प्रहरीका डीआईजी गोविन्द निरौलाले लिएका छन् । प्रहरी प्रशासनको जिम्मेवारी रमेशशेखर बज्राचार्यले लिएका छन् । उनीहरु दुवैको मिलेमतोमा एयरपोर्टमा तस्करी हुने गरेको हो । एसएसपी श्याम खत्री, एसपी प्रमोद खरेल, डीएसपी टीका केसीलगायतले तस्करीको लाइन मिलाएको स्रोतको दावी छ । अघिल्लो हप्ता डीआईजी निरौला स्वदेशमा थिएनन् । तर, उनलाई आशंका लागेकाले उनले पछिल्लो चरणमा आप्mना केही मान्छेलाई सूक्ष्म ढंगले अध्ययनका लागि जिम्मेवारी दिएका थिए ।
त्यसै अनुसार एसएसपी खत्री र एसपी प्रमोद खरेलले आफ्ना निकटका सिपाहीहरु खटाएर त्यहाँबाट हुने तस्करीमा साथ दिएका हुन् । केही साता यता प्रहरीले विदेशबाट आउने सुन बरामद नगर्न र वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको भिषामा कडाई नगर्नु त्यसको ज्वलन्त उदाहरण हो । त्यही क्रममा एयरपोर्टको मुख्य घेरा पार गरिसकेपछि विमानमा चढाउन लाग्दा एक जवानले ठूलो परिणाममा काँचो मासु, सुकुटीलगायतका सामान बरामद गरेका थिए । प्रतिबन्धित वन्यजन्तु मृगलगायतको सुकुटी त्यसरी लामो समयदेखि सेटिङमा विदेश पठाइएको स्रोतले जनाएको छ । 
हाकिमहरूको सेटिङको सूचना आफूसँग नपुगेकाले उनले सो सामान बरामद त गरे, तर उनीहरुकै कारणबाट नै उनलाई सरुवा समेत गरियो । महानगरीय प्रहरी परिसरबाट काजमा आएका ती सिपाहीको त्यसपछि हाकिमहरूले तुरुन्त सरुवा गरिदिए । उनी सरुवा भएर आएपछि पनि उनकै सुराकीमा धेरै सामान बरामद हुदा पनि हाकिमहरुले पैसा खाएर विदेश पठाउने गरेको ती सिपाहीको दावी छ । खासगरी डिआइजी निरौला पहिला मेट्रोमै बसेर गएकाले कहाँबाट कसरी सामान आउछ र जान्छ भन्ने विषयमा उनी राम्रो जानकार रहेका छन् । 
त्यस्तै श्याम खत्री पनि यो विषमा विज्ञनै मानिन्छन् । 
उनी नेपाली कांग्रेसका नेताहरुसँग राम्रो उठवस भएकाले पनि तस्करीमा भरपुर सहयोग मिलेको स्रोतको दावी छ । प्रहरीभित्र अति नै चलाख मानिने श्याम खत्री यतिबेला महाशाखाको प्रमुख हुन लागि परेका छन् । जिल्ला कमाण्ड गरिसकेका खत्री गतबर्ष मात्रै एयरपोर्टमा आएका थिए । एआइजी रमेश शेखरलाई समेत यो विषमा जानकारी भएपनि उनी एयरपोर्टमा छँदा नक्कली आइसी काण्डमा मुछिएकाले अरुलाई त्यहाँ भएका कुनै पनि घट्नाक्रममा मुछिन चाहदैनन् । आइजी आफैं यतिबेला विभिन्न तनावमा भएकाले एयरपोर्टमा भएका तस्करीलाई आँखा चिम्लेर बस्नु परेको प्रधानकार्यालय स्रोतको दावी छ । 
पछिल्ला दुइ महिना आइजीपी उपेन्द्रकान्त अर्यालले जो सुकैले जे गरे पनि गरुन भनेर छाडिदिएका छन् । शुरुमा निकै कडा भएका आइजीपी अर्याल विगत दुइ महिनायता प्रहरी कर्मचारीहरुप्रति नरम देखिएका छन् । त्यसको फाइदा एयरपोर्टका प्रहरीले मात्र नभएर अन्य क्षेत्रका प्रहरी अधिकृतहरुले पनि उठाएको स्रोतको दावी छ । जनप्रहार साप्ताहिकमा खबर छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी