
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – संविधान संशोधनबारे हामीसँग परामर्श भएको छैन र हामीलाई थाहा पनि छैंन । नत यसबारे हामीलाई सोधिएको छ । त्यसैले यसमा सरकारले ल्याउने संशोधनमा हामी समर्थन गर्न सक्दैनौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अघि सारेको संविधान संशोधन प्रस्तावलाई पार्टीले कदापी समर्थन गर्ने छैंन । हामी सत्ता पक्ष त हौं तर, संविधान संशोधन जस्तो विषयमा प्रधानमन्त्रीले जे ल्याउँछन्, त्यसमा सहीछाप गर्दैनौं । संविधान केमा संशोधन गर्न खोजेको हो ‘कन्टेन्ट’ नहेरी हामी समर्थन गर्दैनौं । संविधान संशोधन विषयमा हामी सँग सरकारले छलफल गरेको छैन । जहिले सरकारले कन्टेन्ट दिन्छ त्यसपछि सोच्छौं ।
जनमत कमजोर भएका र विवादित मधेशी नेताहरुका मागलाई सम्वोधन गर्ने तर एमालेजस्तो जनाधार भएको पार्टीलाई बाहिर राखेर गर्न खोजिएको संशोधनले संविधानको स्वीकार्यता बढाउँछ भन्ने पत्याउन सकिंदैन ।
संशोधनले समस्या समाधान गर्ने भन्दा बल्झाउने भयो भने त्यसले हित गर्दैन भन्नेमा हामी प्रष्ट छौं । राष्ट्रियता र सार्बभौमिकताबिरुद्ध कुनैपनि संशोधन नहुने पार्टी अध्यक्ष कमल थापाले प्रष्ट पारिसक्नुभएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्