Skip to content
LAXMI SUNRISE BANK

भारतीय राष्ट्रपति मुखर्जीलाई महानगरले दिने भयो साँचो उपहार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – महानगरपालिकाले महानगरबासीका तर्फबाट भारतीय राष्ट्रपति मुखर्जीलाई अभिनन्दन गर्न लागेको हो । कार्यक्रमका लागि राष्ट्रिय सभागृहलाई सजाइएको छ, जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा मुखर्जीलाई सम्मान गरिनेछ ।

महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार मुखर्जीलाई महानगरको साँचो हस्तान्तरण गरिनेछ । ‘यो शहर तपाईंको स्वागतका लागि सधैं तयार छ भन्ने भावसहित साँचो हस्तान्तरण गरिने छ,’ तामाङले भने, ‘अभिनन्दन कार्यक्रमलाई भव्य बनाउन हामीले तयारी लगभग सकाएका छौं ।’

मित्रराष्ट्रका राष्ट्रप्रमुख आउँदा नगरको साँचो हस्तान्तरण गर्ने अन्तर्राष्ट्रिय अभ्यासलाई अनुसरण गरिएको तामाङले बताए । मुखर्जीलाई नेपाली भाषामा तयार पारिएको अभिनन्दनपत्रले सम्मान प्रदान गर्ने कार्यक्रम छ ।

जनकपुरमा भने मुखर्जीलाई नेपाली, मैथिली र अंग्रेजी तीन भाषामा तयार पारिएको अभिनन्दन पत्रले सम्मान गर्ने कार्यक्रम छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK