
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग बिहीबार बेलुकी विभिन्न दलका शीर्ष नेताले भेट्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेशी मोर्चामा आवद्ध दलका शीर्ष नेताले मुखर्जीसँग भेटवार्ता गर्नेछन्।
मुखर्जीलाई भेट्न दलका शीर्ष नेता बेलुकी होटल हायात पुग्नेछन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुखर्जीसँग पार्टी प्रमूखको हैसियतमा भेट गर्नेछन्। प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा बुधबार नै मुखर्जीसँग भेटवार्ता गरिसकेका छन्।
मुखर्जीसँग पहिलो भेट नेकपा माओवादी केन्द्रसँग हुनेछ भने माओवादी केन्द्रपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट गर्ने कार्यक्रम छ। यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि मुखर्जीले मधेशी मोर्चामा आवद्ध दलका नेतालाई समय दिएका छन्।
भेटमा राजनीतिकसँगै द्धिपक्षीय हितका बिषयमा कुराकानी हुने नेताहरुले बताएका छन्। यसैबीच प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा रात्रीभोजको आयोजना गरेका छन्। द्वारिका होटलमा बेलुकी पौने ९ बजे रात्रीभोजको आयोजना गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। रात्रीभोजमा मन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेता लगायतलाई बोलाइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्