
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागत र सुरक्षाप्रति सरकारले सन्तोष ब्यक्त गरेको छ। शुक्रबार मन्त्रिपरिषद बैठकमा सरकारले विदेशी राष्ट्रप्रमुख लगायतका विशिष्टहरुको स्वागत र सुरक्षाका लागि सक्षम रहेको सन्देश दिन सफल भएको निश्कर्ष निकालेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।
मुखर्जी नेपाल भ्रमणबारे समीक्षा गर्ने बेला नभएपनि जुनसुकै देशको भीभीआइपीको स्वागत र सुरक्षाका लागि सरकार सक्षम रहेको सन्देश दिन सफल भएको उनले दावी गरे। सरकारले निक्षेप तथा कर्जा सुरक्षण निगमको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनाललाई दिएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले निगमको अध्यक्षको जिम्मेवारी खनाललाई दिने निर्णय गरेको हो। बैठकले उपेक्षित उत्पीडित दलित वर्ग उत्थान समन्वय समितिको कार्यकारी निर्देशकमा डा बुद्धिबहादुर नेपाली नियुक्ति गरेको छ। भने त्यस्तै ख्वप विश्वविद्यालय सम्बन्धी विधेयक संसदको विधायन समितिमा पठाउने निर्णय पनि गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्