
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट अगाडि कालो झण्डा देखाउने क्रममा पक्राउ परेका पाँच जनालाई मंगलबार रिहा गरिएको छ ।
यही कात्तिक १७ गते राष्ट्रपति मुखर्जीलाई कालो झण्डा देखाउन खोज्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालसहित रामचन्द्र खड्का, तिलक बोहरा, योगेश बराल र शारदा भुसाल झालाई जिल्ला प्रशासन कार्यालयले एक महिने तारिखमा रिहा गरेको हो ।
पाँचै जनालाई केही सार्वजनिक अपराध मुद्दामा मुलुकी ऐन अ। ब। १२१ नं बमोजिम थुनुवा पुर्जी दिई महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो ।
सोमबार दिनभरी काठमाडौँ परिसरमा राखिएकामा मंगलबार सरकारी वकिल कार्यालयमा बयान लिएपछि उहाँहरुलाई साधारण तारेखमा छाडिएको हो ।
साधारण तारेखमा छुटेपछि प्रशासन कार्यालय परिसरमा अध्यक्ष नेपालले सरकारले शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकारमाथि अंकुश लगाएको आरोप लगाए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्