
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – भारतीय राष्ट्रपति प्रणब मुखर्जीको बिहिबारको नेपाल भ्रमणका क्रममा सवारी आगमनमा केहि असहजता आउने भएकाले तोकिएको समयमा बैकल्पिक सडक मार्गको प्रयोगका लागि ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण कात्तिक १९ शुक्रबार सम्म रहने भएकाले राष्ट्रपतिको सवारीको समयानुसार केही असहजता आउने भएकाले सो समयमा वैकल्पिक सडकको प्रयोग गर्नु उपयुक्त हुने ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रकाश अर्यालले बताएका छन्।
दोस्रो दिन, कात्तिक १८ गते
बिहान ९ देखि ११ बजेसम्म
बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली र जोरपाटी क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
बिहान १० देखि अपराह्न २ बजेसम्म
बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, नागस्थान र नयाँ सडक क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुने जनाइएको छ ।
अपराह्न ४ देखि साँझ ६ बजेसम्म
बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
साँझ ५ देखि बेलुकी ७ बजेसम्म
सिंहदरबार, भद्रकाली, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, नागस्थान र ठमेल क्षेत्रमा अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुने बताइएको छ ।
साँझ ६:३० देखि बेलुकी ८:३० सम्म
बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर र शङ्खमूल क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
८ देखि राति १० बजेसम्म
बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, बत्तीसपुतली क्षेत्रमा चल्ने सवारी साधनले अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुनेछ ।
भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको पहिलो दिनमा एक मात्र अन्तराष्ट्रिय विमानस्थल करिब १ घण्टा जति प्रभावित बनेको थियो भने सडक सुनसान देखिएको थियो। भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणले राजधानीका सडक थप दुई दिन प्रभावित बन्ने छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्