×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मूल्य घटेपछि काभ्रेका अलैँची किसान निराश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मूल्य घटेपछि काभ्रेका अलैँची किसान निराश

Artha Sarokar

२६ कार्तिक २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बनेपा  -अलैँचीको मूल्यमा ४० प्रतिशत तथा उत्पादनमा २० प्रतिशतले कमी आएपछि काभ्रेपलाञ्चोकका किसान निराश भएका छन् ।  खडेरीका कारण उत्पादन घटेको र मूल्यमा समेत कमी आएपछि अलैँची किसान मारमा परेका हुन् । २ हजार ८ सयमा बिक्री हुने अलैँची अहिले १ हजार २ सयमा बिक्री भएको र्‍याले गाविसका किसान उपेन्द्र तिमल्सिना बताउँछन् ।

  अहिले अलैँचीमा लाही, कीराको सङ्क्रमण देखिएको छ। फल लागेर पनि लामो समयसम्म नपाकेको किसानले बताएका छन्। दुई रोपनी जग्गामा अलैँचीको बिरुवा र बीउ उत्पादन गर्दै आएका तिमल्सिना बिरुवा बिक्री तथा वितरण गरेर वार्षिक १ लाख २० हजार आम्दानी गरेको बताउँछन् । 
 “बजारको पहुँच छैन, मूल्यमा उतार चढाव आउने गरेको छ,” उनले भने। जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले अलैँचीको प्रर्वद्धनका लागि किसानलाई बीउ र बिरुवा वितरण तथा तालिम प्रदान गरेको बताए । जिल्लामा करिब ८० टन अलैँची उत्पादन हुन्छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी