×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रिन्सिपलको निर्मम कुटाईबाट विद्यार्थीको आँखा फुट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रिन्सिपलको निर्मम कुटाईबाट विद्यार्थीको आँखा फुट्यो

Artha Sarokar

४ मंसिर २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  •  अर्थ सरोकार सम्बाददाता

काठमाण्डौ – काठमाडौको ठुलो भर्याङमा रहेको ग्रीन कान्तिपुर स्कुलकी प्रिन्सिपल श्यारोम प्रधानको कुटाईबाट आँखामा गम्भीर चोट लागेपछि एक विद्यार्थी अस्पताल भर्ना भएका छन् ।
प्रिन्सिपलको निर्मम कुटाईबाट सोही बिद्यालयको कक्षा नौ मा अध्ययनरत १४ वर्षका छात्र प्रदिप राउत घाईते भएका हुन । प्रिन्सिपल प्रधानले लठ्ठीले कुट्दा उनको आँखामा गम्भीर चोट लागेपछी नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौमा भर्ना भएका छन् । उनको आँखामा रगत समेत जमेको छ । अछाम स्थायी घर भएका उनकी आमाले काठमाडौमा मजदुरी गरेर प्रदिपसहित दुई बच्चाहरुलाई पढाईरहेकी छिन् । घाईते बिद्यार्थी प्रदिपकी आमाले प्रिन्सिपलले आँखा नै फुट्ने गरी छोरामाथी कुटपिट गरेको भन्दै कारबाहीको माग गरिन ।
घाईते विद्यार्थी प्रदिपका अनुसार शुक्रबार बिहान करिब ८ बजेतीर कोचिङ कक्षा चलिरहेका बेला अर्का एक बिद्यार्थीसंग सामान्य चिमोटाचिमोट भयो । प्रिन्सिीपल श्यारोन प्रधान कक्षामै थिईन । त्यतिबेला उनले एक्कासी बलियो लठ्ठीले प्रदिपलाई हिर्काउन थालिन । हिर्काउने क्रममा लठ्ठी आँखामा लाग्यो । आँखामा चोट लागेपछी प्रदिप कक्षा कोठामै लडेको उनलाई भेट्न अस्पतालमै आएका एक बिद्यार्थीले बताए । त्यसपछी एकछीन आराम गराएर उनलाई घर फर्काइयो ।
झण्डै तीस वर्षदेखी त्रिभुवन विश्वबिद्यालयमा भुगर्भशास्त्र पढाईरहेका सह प्राध्यापक राजेन्द्र प्रधान सो बिद्यालयका सञ्चालक एवम् निर्देशक हुन ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी