
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – स्वालंबन लघुवित्त विकास बैंकले लाभांश घोषणा गरेको छ। लघुवित्त विकास बैंकको कात्तिक २४ मा बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत आर्थिक बर्षको कमाईबाट ३४ प्रतिशत बोनस शेयर र १९ दशमलब ६८४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको छ।
उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताहरुमा लाभांश वितरण हुने छ। गत बर्ष स्वालंबनले ४२ प्रतिशत बोनस शेयर र १० दशमलब ६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
यस अवधिमा स्वालंबनले ७ करोड ३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। जुन आर्थिक बर्षको यस अवधिसंगको तुलनामा १८ लाख रुपैयाँले कम हो।
३४ प्रतिशत बोनस शेयर वितरण पछि स्वालंबनको चुक्ता पुंजी ४१ करोड ८५ लाख रुपैयाँ पुग्ने छ। हाल स्वालंबनको चुक्ता पुंजी ३१ करोड २३ लाख रुपैयाँ रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्