Skip to content
LAXMI SUNRISE BANK

स्वावलम्बन लघुवित्तले गर्यो लाभांश घोषणा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – स्वालंबन लघुवित्त विकास बैंकले लाभांश घोषणा गरेको छ। लघुवित्त विकास बैंकको कात्तिक २४ मा बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत आर्थिक बर्षको कमाईबाट ३४ प्रतिशत बोनस शेयर र १९ दशमलब ६८४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको छ। 
उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताहरुमा लाभांश वितरण हुने छ। गत बर्ष स्वालंबनले ४२ प्रतिशत बोनस शेयर र १० दशमलब ६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 
यस अवधिमा स्वालंबनले ७ करोड ३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। जुन आर्थिक बर्षको यस अवधिसंगको तुलनामा १८ लाख रुपैयाँले कम हो। 
३४ प्रतिशत बोनस शेयर वितरण पछि स्वालंबनको चुक्ता पुंजी ४१ करोड ८५ लाख रुपैयाँ पुग्ने छ। हाल स्वालंबनको चुक्ता पुंजी ३१ करोड २३ लाख रुपैयाँ रहेको छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK