×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूरानो शक्ति अभियानका कार्यकर्ताको माग, ‘प्रचण्डलाई फाँसी दे !’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पूरानो शक्ति अभियानका कार्यकर्ताको माग, ‘प्रचण्डलाई फाँसी दे !’

Artha Sarokar

२९ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • कृष्णा चौलागाई / अर्थ सरोकार डटकम  

काठमाडौँ – लोकमान सिंह कार्कीको समर्थनमा सोमबार राजधानीमा जुलुस निस्किएको छ । सयौंको संख्यामा निस्केको विशाल जुलुसले लोकमान सिंह कार्कीलाइ जवरजस्त फसाएर ठूला नेताहरुको भ्रष्टाचारलाई छोप्ने प्रयास भएको यस बिषयमा छानविन गर्न माग गरेका छन् ।
काठमाडौँको माइतीघरबाट सुरु भएको जुलुसमा सहभागीहरुले ‘भ्रष्टाचार विरुद्धको आन्दोलन सफल पारौं’ लेखिएको ब्यानर र ‘लोकमान जनता तिम्रो साथमा छन् भ्रष्टहरुलाई कारबाही गर्न खुट्टा नकमाउ’ भन्ने नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए ।
अधिवक्ता बालकृष्ण न्यौपानेको अगुवाईमा सम्पन्न भएको उक्त जुलुसपछी आयोजित कोणसभामा बोल्दै पूरानो शक्तिका कार्यकर्ताहरुले नेपालको सबैभन्दा भ्रष्टाचारी व्यक्ति पुष्प कमल दाहाल भएको भन्दै उनलाई फाँसी दिन समेत माग गरेका छन् । 
‘आफैलाई कारबाही हुने डरले नेताहरुले महाअभियोग प्रस्ताव ल्याइएको छ । यसलाई खारेज गर्नुपर्छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै न्यौपानेले भने, ‘आफु भ्रष्टाचार गर्ने अनि आफु नाङ्गो हुने डरले लोकमान सिंह कार्कीलाइ फसाउने काम भएको छ ।’
हेर्नुहोस् पूरानो शक्तिले गरेको कार्यक्रमको एक्सक्लुसिभ फोटो फिचर :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी