×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राप्रपा नेपाल र राप्रपा बिच एकता

LAXMI SUNRISE BANK

राप्रपा नेपाल र राप्रपा बिच एकता

६ मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – राप्रपा नेपाल र राप्रपाबिच पार्टी एकताको घोषणा भएको छ  । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजित घोषणासभामा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिसमशेर राणाले पार्टी एकताको घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।
एकतापछि एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी भएको छ । कमल थापा  पार्टीको अध्यक्ष र संसदीय दलको नेता भएका छन् भने पशुपतिशमशेर राणा राष्ट्रिय अध्यक्ष  बनेका छन् ।
घोषणासभामा तीन महिनाभित्र महाधिवेशन गर्ने र दुवै पक्षका पदाधिकारी यथावत रहने समझदारी भएको छ  । नयाँ पार्टीको चुनाव चिन्ह भने महाधिवेशनले तय गर्ने सहमति भएको छ ।   दुवै पार्टीका आधाआधा गरि ३ सय सदस्यीय केन्द्रिय कार्यसमिति बनाइएको छ ।  एकीकरणपछि संसदमा राप्रपाका ३७ जना सांसद भएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी