Skip to content
LAXMI SUNRISE BANK

नाफा नेपालकै हितमा प्रयोग हुन्छ : भारतीय योग गुरु रामदेव

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – भारतीय योग गुरु रामदेवको पतंजली योगपिठले नेपालमा पनि उद्योग संचालन गर्ने भएको छ। नेपाल भ्रमणमा रहेका योगगुरु रामदेवले जडिबुटीहरुको उपयोग गर्दै भारत बाहिर पहिलो पटक आयुर्वेद उद्योग दर्ता गर्न लागेको बताए।   
मंगलबार आयोजित पत्रकार सम्मेलनमा रामदेबले नेपालमा उत्पादित जडिबुटीको प्रयोग गरेर उद्योग सञ्चालन गरी किसानहरुलाई समृद्ध बनाउने बताए। योगगुरु रामदेवले नेपालमा उत्पादन भएका आयुर्वेदिक औषधिबाट नाफा नकमाउने र आएको पैसा नेपालको हितमा प्रयोग गर्नेसमेत प्रतिबद्धता जनाए।  
नेपालमा संचालन गर्न लागिएको आयुर्वेदिक औषधि उद्योगबाट अधिकतम र गुणस्तरिय सामाग्री उत्पादन गर्ने रामदेबले दाबी गरे। आयुर्वेद उद्योगको आगामी बिहिबार राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । योगगुरु रामदेवले निशुल्क योग शिविर पनि सञ्चालन गर्ने बताइएको छ
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK