×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काँग्रेस समृद्ध मधेसको चाहना राख्छ : नेता पौडेल

LAXMI SUNRISE BANK

काँग्रेस समृद्ध मधेसको चाहना राख्छ : नेता पौडेल

६ मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकार सम्पन्न र समृद्ध मधेस काँग्रेसको चाहना रहेको बताएका छन् ।
नेता पौडेलले सोमबार महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै काँग्रेसले नै मधेसको समस्या सम्बोधन गर्नसक्ने दाबी गरे ।
आफ्नो पछिल्लो मधेस भ्रमणका क्रममा आम मधेसीले आर्थिक समृद्धि, रोजगारी, शिक्षा र स्वास्थ्यमा सबैको पहुँच होस् भन्ने चाहेको नेता पौडेलको भनाइ छ । संवैधानिक रुपमा सम्बोधन गर्नै पर्ने मधेसका एजेन्डाबारे सबै दलसँगको सहकार्यबाट संशोधन गरिने पौडेलले बताए ।
एक फरक प्रसङ्गमा नेता पौडेलले दलको नेतृत्व गर्नेले सबैलाई समेटेर अघि बढ्नुपर्ने उल्लेख गरे । नेता पौडेलको आजै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी