
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपाली हास्य ब्यग्य क्षेत्रमा लागेका अधिकांश कलाकारहरु अहिले ठुलो पर्दामा जाने क्रम बढी रहेको छ । हाँस्य ब्यग्यको क्षेत्रमा निकै चर्चा कमाउँन थालेका कलाकार एवं सञ्चारकर्मी सन्दीप क्षेत्रीले भखरै मात्र नेपाल आएका भारतीय योग गुरु रामदेव बाबालाई अन्तर्राष्ट्रिय भिखारी भन्दै एक कन्टोभर्षियल भाषा प्रयोग गरेका छन् ।
हुन त उनको कार्यक्रम ह्वाट द फ्ल्प ब्यग्यै ब्यग्यले भरिभराउँ भएको कार्यक्रम हो । मिमिक्रि ईन्टरभ्यू सुरु हुनु अघिनै उनले रामदेवलाई अन्तर्राष्ट्रिय भिखारी भनेको प्रसंग विवादमा पर्न सक्ने संकेत देखिएको हो ।
कार्यक्रमको सुरुवातमा उनले रामदेवलाई अन्तर्राष्ट्रिय भिखारी भनेका छन् भने त्यस पछाडी उनले आफ्नो कार्यक्रमलाई ब्यापारिक विश्राम चाँहिने भन्दै आफूलाई समेत राष्ट्रिय स्तरको भिखारी भनेर भाषा मिलाउँने प्रयाश गरेका छन् ।
‘यदि कसैको वास्तविक जीवनमा मेला खाएमा खुच्चिङ’ भन्दै कार्यक्रम होस्ट गर्ने सन्दीपले बाबा रामदेवलाई भिखारी भनेर सम्बोधन गर्दा उनले नेपाल आएका एक पाउँनाको ब्यज्यत मात्र गरेका छैनन् उनी जस्ता एजुकेडेड पर्सनले भिखारी र योग प्रशिक्षक बीचको अन्तर के छ भन्ने कुरा समेत नबुझेको हो कि भन्ने भान हुन गएको छ ।
बाबा रामदेव एक साता यता नेपालमा छन् । उनले नेपालको तराई स्थित बारा जिल्लामा १ अर्बको लगानीमा पतञ्जली आयुर्वेदिक औषधि उद्योग सञ्चालनमा ल्याएका छन् जुन प्रसंगले नेपाली मिडियामा ठूलो कन्टोभर्सी समेत क्रिएट गरिरहेको छ ।
मूलधारका मिडियाले ब्रेक गरेको न्यूजलाई आधार मानेर केही लेख्ने हो भने गत बुधबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा रामदेवले हालसम्म आफूले नेपालमा डेढ सय करोड ९डेढ अर्ब० लगानी गरिसकेको र भविष्यमा ५ सय करोड ९५ अर्ब० लगानी गर्ने घोषणा गरेका थिए ।
तर बारा पतञ्जली आयुर्वेदिक औषधि उद्योग स्थापना भएसंगै निस्किएको लगानी विवादका बिषयमा पुनः उक्त कम्पनीमा आफ्नो कुनै कुनै पनि लगानी नभई गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो र उनकी श्रीमती समता प्रसादको मात्र लगानी रहेको भनी प्रेस विज्ञप्ती जारी गरेपछि रामदेवको नेपाल भ्रमण ठूलै विवादमा तानिएको छ।
र सोही प्रसंग सहित सन्दीप क्षेत्रीले बाबा रामदेवको नेपाल आगमनलाई लिएर एक मिमि क्रि ईन्टरभ्यू तयार गरेका छन् तर उनले तयार गरेको भिडियोमा पनि कन्टोभर्षियल शब्दहरु भेटिएपछि न्यूज फिल्मीलाई यो खबरलाई तपाईहरु माँझ बहसका लागि ल्याएको छ । कृपया सन्दीपको कार्यक्रम हेरेर आफ्नो प्रक्रिया दिनुहोला।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्