
काठमाण्डौ । वीरगञ्जको सडकमा चलचित्रको पर्दाजस्तै तीव्रगतिमा दृश्यहरु फेरिदैछन् ।
विभिन्न पार्टीका झण्डाधारी कार्यकताहरु एकपछि अर्को गरी सडकमा झुम्मिएका छन्, यहँ आउने आफ्ना ठूला नेतालाई स्वागत गर्न ।
सडकमा फरक फरक पार्टीका झन्डावाला गाडीमा नेताहरु ओहोरदोहारेर गरिरहेका छन् । मोटरसाइकलको पनि ताती नै लागेको छ ।
राजनीतिक दलका नेता र मन्त्रीहरु बिहीबारदेखि वीरगन्जमा सुरु भएको पाँचदिने योग विज्ञान शिविरको केन्द्रविन्दु योगगुरु स्वामी रामदेव, बाबाको सान्निध्य पाउन पालैपालो आइरहेका छन् ।
भारतीय जनाता पार्टीमा रामेदेवको राम्रै प्रभाव छ । बिहीबार वीरगन्ज आएर २ दिन र एक रात बसेकी राष्ट्रपति विद्यादेवी भण्डारीले स्वामी रामदेवसँग २ वटा मञ्चमा प्रमुख आतिथ्यता ग्रहण गरिन् ।
स्वामी रामदेवको शिविरका शुक्रबार बिहान झिसमिसेमै तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र यादव, मधेस समाजवादली पार्टी अध्यक्ष शरतसिंह भण्डारी लगायतका नेता पुगेका आजको नागरिक दैनिकमा समाचार छ ।
शनिबार भने रामदेवको हातबाट माला ग्रहण गर्ने नेतामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल तथा फोरम नेता उपेन्द्र यादव परे । रामदेवको शिविरमा आइतबार सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वीरगन्ज पुगेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्