
काठमाडौं- भारतीय चर्चित योग गुरु रामदेवलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली ढाका टोपी र खादा लगाएर स्वागत गरिएको छ ।
वीरगन्जमा योग शिविर सन्चालन गर्न नेपाल आएका रामदेवलाई स्वागत गर्न गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो, पन्तजली योगपीठ नेपालका शालिग्राम सिंह लगायतका व्यक्ति विमानस्थलमा पुगेका थिए ।
रामदेवलाई नेपाली पन झल्काउन ढाका टोपी र बुद्धमार्गीहरुको पवित्र खतक पहेलो खादा लगाइदिएका थिए ।
ढाका टोपी र खादा लगाएको फोटो ट्वीटरमा पोष्ट गर्दै योग गुरु रामदेवले आफू माता सीता र गौतम बुद्धको पवित्र धार्मिक भूमिमा योगाका लागि पुगेको जनाएका छन् ।
योग गुरु रामदेव वीरगन्जमा योग शिविर चलुन्जेल सिमराको नवनिर्मित इच्छा होटलमा बस्नेछन् । उनी यसअघि २०७२ वैशाखमा काठमाडौंमा योग शिविर सञ्चालन गर्न आएका थिए । उनले शिविर चलाइरहेकै बेला वैशाख १२ गतेको विनाशकारी भूकम्प गएको थियो ।
- एसियन समाचार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्