×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय राजदूत रायलाई देश निकाला गर्न माग

LAXMI SUNRISE BANK

भारतीय राजदूत रायलाई देश निकाला गर्न माग

१४ मंसिर २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीले नेपालका लागि भारतीय राजदूत रणजित रायलाई देश निकाला गर्न माग गरेको छ ।
व्यवस्थापिका संसदको मंगलबारको बैठकमा बोल्दै उक्त पार्टीका सांसद प्रेम सुवालले रायले नेपालको संविधान अपूर्ण रहेकाले सच्याउनुपर्ने बताउँदै हिँडेकाले उनलाई भारत फर्काउन माग गरे ।
राजधानीको एक होटलमा केही दिनअघि भएको कार्यक्रममा रायले नेपालको संविधान अपूर्ण रहेकाले संशोधमार्फत सच्याउनुपर्ने आपत्तिजनक अभिव्यक्ति दिएकाले देश निकाला गर्नुपर्ने उनको भनाइ थियो ।
‘भारतीय राजदूत रणजित रायले नेपालको संविधान समावेशी नभएको बताएछन्’, सुवालले भने, ‘रायलाई तत्काल देश निकाला गर्न सम्बन्धित पक्षसँग माग गर्छु ।’ भारतीय योग गुरु रामदेवले नेपालको सत्तापक्ष र प्रतिपक्ष नेतालाई योग प्रशिक्षण दिएकोमा समेत सुवालले आपत्ति जनाए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी