×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राप्रपा आफै अलमलमा

LAXMI SUNRISE BANK

राप्रपा आफै अलमलमा

७ मंसिर २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौ – स्थापना कालदेखि नै संवैधानिक राजतन्त्रलाई मुख्य एजेण्डा र आर्दश मान्दै आएको राप्रपा एकीकरणपछि अलमलमा परेको छ । राप्रपा नेपाल संबैधानिक राजतन्त्रका पक्षमा र राप्रपा गणतन्त्रका पक्षमा थियो । तर दुई पार्टी एकीकरण भएपनि एजेण्डामा अलफल अझै कायमै रहेको अध्यक्ष कमल थापाले बताएका छन् ।
२०४७ सालमा पूर्वपञ्चहरुले राप्रपा नेपालको स्थापना गरेका थिए । २०६२ सालमा राप्रपा विभाजन भई एकले गणतन्त्र र एकले संबैधानिक राजतन्त्रका पक्षमा उभिए । २०७३ मा फेरी एकीकरण गर्दा यी दुई मुल एजेण्डा अझै कायम राखेका छन् । हामी आगमी महाधिबेशनबाट संबैधानिक राजतन्त्रका पक्षमा उभिने या गणतन्त्रका पक्षमा उभिने त्यसको निर्णय लिनेछौ, अध्यक्ष कमल थापाले पार्टी एकीकरण कार्यक्रममा भने ।
गणतन्त्र वा राजतन्त्रका बिषयमा अलमल कायम रहेपनि हिन्दुराष्टका बिषयमा भने सवैको एक मत देखिएको छ । राप्रपा नेपालले हिन्दुराष्टका पक्षमा उभिएको थियो भने राप्रपा धर्मनिरपेक्षताका पक्षमा हस्ताक्षर गरेको थियो । तर पार्टी एकीकरण कार्यक्रममा राप्रपा राष्टिय अध्यक्ष पशुपति शम्शेर राणाले खुलेर हिन्दु राष्टका पक्षमा वकालत गरे । उनले धर्मनिरपेक्षता हटाएर हिन्दुराष्ट नेपाल नवनाए धर्म आन्दोलन गर्ने चेतावनी समेत दिए ।
कार्यक्रम अवधिभर सवै नेताले हिन्दुराष्टका पक्षमा बोले तर संबैधानकि राजतन्त्रका पक्षमा कसैले बोलेनन् । संबैधानिक राजतन्त्रका बारेका महाधिबेशनबाट टुंग्याउने जानकारी अध्यक्ष कमल थापाले दिए । तर थापाले संबैधानिक राजतन्त्र र हिन्दुराष्टका बिपक्षमा रहेको वर्तमान संविधानको भने निकै श्रहाना गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी