
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो बैठक बुधबारबाट सुरु भएको छ । एकीकरणपछि पार्टीको पहिलोपटक सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकले दुई पार्टीबीच भएको एकताको सन्देश देशका ७५ जिल्लामा पुर्याउन विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने विषय तथा दुई पार्टीको एकताको आधार र निर्देशिका बनाउन समिति गठन गर्नेछ ।
पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी करिब ३०० जनाको सहभागितामा बस्ने केन्द्रीय समितिको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल तथा संविधान संशोधनका विषयमा पार्टी खेल्नुपर्ने भूमिकाका बारेमा धारणा बनाउने पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
गएको सोमबार राप्रपा नेपाल राप्रपामा एकीकरण भएपछि बसेको उक्त बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
सो प्रतिवेदनमाथि पार्टीका नेताले छलफलका लागि बोल्ने क्रम सुरु भएको छ । बैठकले चाँडो महाधिवेशन सम्पन्न गर्नका लागि छलफलसमेत गर्ने भएकाले महत्वका साथ हेरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्