
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – नेपालको उत्तरी नाका रसुवागढीलाई व्यवस्थित र मर्यादित बनाउन नेपाली काँग्रेसका भ्रातृ संस्थाहरुले माग गरेका छन् । नेपाल तरुण दल, विद्यार्थी सङ्घ र महिला सङ्घले शुक्रबार साँझ संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर सो माग गरेका हुन ।
साना व्यवसायीले पनि परिश्रम गरी सहज रुपले काम गर्न पाउने वातावरण सिर्जना गर्न जिम्मेवार निकायसमक्ष माग समेत ती संस्थाले गरेका छन् ।
चीनसँगको कारोबार गर्ने रसुवागढी नाकामा साना व्यवसायीलाई थिचोमिचो गर्दै ठूला व्यवसायीको मात्रै हाबी बढेकाले यस्ता कार्यको निरुत्साहित गरी समान रुपले रसुवाली नागरिकलाई आफ्नो क्षेत्रमा व्यवसायको प्राथमिकता दिन जोड दिएको छ ।
केरुङबाट चिनियाँ सामान आयात निर्यातमा सबै कन्टेनर समूहलाई एउटै छातामा आबद्ध गराई समानुपातिक तवरले सामान ढुवानीमा परिचालन गराउने व्यवस्था हुन तरुण दलले आग्रह गरेको छ । हाल ट्रक र कन्टेनरको समूह सङ्ख्या भने नौ वटा रहेको र त्यसअन्तर्गत हजारौँ कन्टेनर परिचालित भइरहेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्