×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नै काकाले जोवन लुटेको त्यो दिन…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आफ्नै काकाले जोवन लुटेको त्यो दिन…

२१ कार्तिक २०७३, आईतवार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम

‘तरुनीसँग बोल्न पाएपछि केहि चाहिंदैन है तपाईंलाई ?’ बाटोमा हिड्दै गर्दा उनले एकासी प्रश्न गरी 


‘लौ को तरुनीसँग बोलें र म ?’ मैले मुस्कुराउँदै सोधें 

‘अघि अफिस आएकी त्यहि बबिता ! कति नखरमाउली ! कति मस्केकी तपाईंसँग ! कम्ता रिस उठेको थिएन 

‘लौ ! किन रिस उठ्यो तिमीलाई । उ मेरो मिल्ने साथी हो ।’
‘साथी मात्रै ?’ उनी झन् रिसाएर बोली 

‘हो त साथी मात्रै !’ मैले जवाफ फर्काएँ 

‘कति भो भेटेको ?’ उनले फेरी सोधी 

‘अँ ! त्यस्तै एक बर्ष मैले पूरानो अफिस छोड्नु र उनी त्यहाँ आउनु एकै पटक भएको थियो । सामान्य चिनजान हो । पढ्न भनेर काठमाडौँ बसेकी छे ।’ मैले स्वाभाविक उत्तर दिएँ 

‘अनि किन आएकी त हाम्रो अफिसमा ?’

‘उसलाई फोटोशप सिक्नुथियो । मलाइ अलिअलि आउँछ, त्यहि भएर सिक्ने आएकी हो ।’
‘अहँ मैले पत्याईन, त्यो तपाईंको साथी मात्र हो भनेर !’
‘त्यस्तो हुन्न यार ! कहाँ उनी त मेरी साथी बाहेक कोहि पनि होइन नि !’ मेरो जवाफ सुनेपछी उनी बोल्न थालिन्, ‘ मपनि २३ बर्षको भएँ । कतिसँग प्रेममा परें । कतिले मलाइ छोडे, कतिलाई मैले छोडेहोला । सुरुवात यस्तै सामान्य भेटघाटबाटनै हुन्छ । कुनै दिन अचानक तपाईंलाइ उ वा उसलाई तपाईं मन पर्न थाल्छ, त्यसपछि सुरु हुन्छ पीरतीको नयाँ अध्याय । आफ्नै साथीका दाइकापनि साथी, प्रतिकसँग मेरो अफएयर चल्यो, बाहाना त सामान्य भेटघाटनै थियो नि ! त्यसभन्दा अगाडी पनि साथ दिएका, साथ लिएका, धोका पाएका, धोका दिएका सबैको सामान्य भेटबाटबाटै सुरु भएको चिनजान र त्यसपछि माया… अनि त्यसपछि… जीवनका अनिगिन्ती गल्तीहरु…’
मैले बीचैमा उनलाई रोकेर सोधें, ‘होइन ! सबै त्यस्तो हुन्छन् भन्ने छैन नि ! के केटा र केटि राम्रो साथी हुन सक्दैनन् र ?’
नाक फुलाएर उनी बोली, ‘सक्दैनन्, कदापी हुन्न त्यस्तो । केटा वा केटी राम्रो साथी हुन सक्ने भए यत्रा डिभोर्सका घटना, यत्रा बलात्कारका घटना, हत्याका घटना कहाँ हुन्थे र ? केटा र केटि भनेको जातनै त्यस्तो हो, फगत यौन हो केन्द्रबिन्दु मित्रताको, साथको !’
‘अहँ म मान्दिन, त्यसो भए के म तिमीलाइ घरसम्म पुर्याउदैछु, के यो यौनका लागि हो र ? तिमीलाई साथी सम्झेर जे जे गरें, के त्यो यौनका लागि थियो र ?’ मैले रिसाएझैं गरेर बोलें !’
‘थिएन होला सायद ! तपाईं अपवादमा पर्नुभो ! तर तपाईंको साथमा मैले त्यसरी सोचेकोपनि त हुन सक्छु ! तपाईं पुराना प्रेमीहरुलाई नभेट, उनीहरुसँग नबस भन्नुहुन्छ ? किन ? किनकि हामी बसेपछि यौन सम्बन्ध हुन्छ । हो र म त्यसैका लागि उनीहरुलाई भेटिरहेको हुन्छु । एउटा केटा र केटि राम्रो साथी मात्र हुन्छन् भन्ने भित्री हृदयबाट सोच्नुहुन्छ भने किन नजा भन्नुहुन्छ मलाइ उनीहरुसँग भेट्न ?’
‘एउटा साथीमात्र सम्झेको भए, तपाईंले म कसैसँग आज सुतेर आएँ भन्दा किन रिसाउनुहुन्छ ? कुनै केटा साथीले तपाईंलाइ आज मैले फलानो केटिलाइ सुताएं भनेर भन्यो भने तपाईं उसलाई गाली गर्नुहुन्छ र ?’ उ बोलिरहँदा मैले बीचैमा रोकें !’
‘हेर कुलो र कुरो जता मोडेपनि हुन्छ । तिमीहरुलाई उनीहरुले प्रयोग गरिरहेका छन् । बस् त्यति भन्न खोजेको ।’
मैले त्यति भन्न नपाउंदै मेरा आँखामा पुलुक्क हेर्दै उनी बोली, ‘केटा र केटिबीच सम्बन्ध हुन्छ । तर किन सधैं केटि मान्छे प्रयोग भए भन्छ यो समाजले ? म एक्लो हुँदा कुनै विवाहित मेरो पूर्व प्रेमीसँग सुत्छु भने म होइन उ प्रयोग भएको छ । के हाम्रा चाहाना हुँदैनन् ?’ 
उसले बोलीरहंदा मैले फेरी कुरा काटें, ‘होइन, चाहाना हुन्छ तर हरेक कुराको समय आउँछ !’ 
मैले यति भन्नेबितिक्कै उनी फेरी झर्किएर बोली, ‘कहिले आउँछ?’
किशोर अवस्थामा बल्ल बल्ल धान्छन् केटीहरु यौनको तिर्खा, जवानी लागेपछि के-के निहुँमा पिरोलिन्छन् । म किन यो समाजको यो खोक्रो आदर्शको परिधिमा बसौं । 
यदि यौन भनेकै विवाह पछी गर्ने हो भने, किन आफ्नै भातीजीको बाल्य अवस्थाको फैदा उठाएर भुस्तिग्रे काकाहरु भातीजी माथि यौन तिर्खा मेताउँछन् ? यदि यौन आवश्यक छ भने किन पढाइसकेपछी विवाह भनेर परिधि बनाइयो त ? पढेलेखेका नामामा किन बुझेनन् यो समाजका अगुवाहरुले,’ केटिहरुकोपनि चाहाना हुन्छ… केटीहरुको पनि मुजी हुन्छ ।’
‘हैट के बोलेको बाटोमा ! ? म रिसाएँ ।
‘हो, यहि त हो बन्धन ! रातको समयमा म यहि समाजलाइ झुक्काएर, मेरो घरमा झुक्काएर कसैसँग रात विताउँछु र त्यो रातमा म मेरो पार्टनरसँग यो बोल्छु भने त्यो गलत भएन, अनि बाटोमा आफ्ना रिसहरु यसरी पोख्छु, त्यो गलत भयो समाजलाई ! ‘
‘त्यस्तो होइन के !’ मैले सम्झाउन प्रयास गर्दा उनी फेरी झोक्किएर बोली, ‘त्यस्तो नभए कस्तो त ! तपाईंजस्तै यो समाजका हरेक केटाहरुसँग यस्तो होइन र त्यस्तो होइन भन्ने तर्क त छ तर तर्क पछाडीका कारण छैन । छ त बस् खोक्रो तर्क ! मनलाग्दी तर्क, आफु अनुकुलको तर्क !’
‘के त्यसो भए यौन भनेको खुल्लमखुल्ला हुनुपर्ने चीज हो र ?’ मैले सोधें ।
‘होइन, त्यो गोप्यनै हुनुपर्छ । तर परिधि हुनुहुन्न । आज म तपाईंलाइ भनीरहेको छु, हिजो पनि म मेरो पूर्वप्रेमीसँग सुतें । उ विवाहित छ । मलाइ शरीरको प्यास छ । न त्यो बाहेक उसलाई मबाट केहि लिनु छ, न मलाइ केहि दिनु छ । तपाईं त्यस्तो नगर भन्नुहुन्छ तर विकल्प के त ? मैले भनेको छु, मसँग विवाहको बाचा गर्नुस्, अरु कसैसँग सुत्दिन । न मलाई तपाईं विकल्प दिन सक्नुहुन्छ न केहि ! अनि किन नजाउँ म मेरो शरीरको प्यास मेट्न ? समाजलाइ, घरलाई, भाइलाई, मामुलाई झुक्काएकै छु त ! मैले के गल्ती गरें र?’
‘त्यसो भए विवाह गर न त ! मास्टर्स सकिन थाली गो ! जागिर खाएकै छौ ! राम्री छौ !’
‘सँगै हिंडेर हो राम्रो लागेको ! म कस्तो छु मलाइ थाहा छ ! तपाईंले भनेजस्तै मलाई पनि विवाह गर्न मन लागेको हो । तर… !’
‘तर के !?’
‘जति पढेपनि हाम्रो समाज अझै पनि पुरातनवादी छ ।’ म मास्टर्स पढेकी केटि ! रजश्वला हुनु कति स्वाभाविक हो भन्ने मलाइ थाहा छ । तर त्यहि रजस्वलामा कसैले के लगाईदिएको छ भनेर कार्तिक पहिलो साता घरमा पूजा राखेका छन् ।  कसैले खै कुन्नी के लगाईदिएको छ रे, हरेक दिन फुकेका चामलका केहि गेडाहरु खानुपर्छ मैले । किन ?’ 
‘दशा लागेको छ, दशा ! नमानौं भनेपनि यहि चामलका गेडाहरु खाना बिर्सिएर पो होकि भन्ने डर छ ! त्यहि डर भरिदिएको छ मलाइ यो समाजले !’
‘होला नि त केहि ! यो संसारमा अदृश्य शक्ति त पक्कै छ पनि त होला !’ मैले बोल्दा उसले ओठ टोकेर जवाफ फर्काइ :
‘खै, थियो भने त्यो दिन त्यहि अदृश्य शक्तिले किन रोक्न आएन ?  ७-८ बर्षकी म फुच्चीलाई आफ्नै काकाले बलात्कार गरेको थियो । किशोर अवस्थाको खास उमेरमा हल्ल्क बढेको उसको लिङ्ग,  रजश्वला समेत सुरु नभएकी मेरो ८ बर्षीय कलीलो ज्यानमा जवरजस्त पीडा दिएर उसले आफ्नो तिर्खा मेट्यो ! कति रुन खोजें त्यो दिन, कति दुखेको थियो ! कसलाई भन्ने ? बाबा बिते, आमा सँगै थिइनन्, त्यसमाथि काकाको धम्की र लोभ ! अनि भन्न नसक्नुको अर्को पीडा ! भनेर पनि के गर्नु भन्ने अर्को पीडा !’ खै त त्यो अगाडी आफ्नै काकाबाट असुरक्षित हुन सकिन्छ भनेर मलाई चामलका गेडा कसले खुवायो र ? 
रिसले चुर भएर उनी बोली, ‘साला…उ बेला आफ्नै अंकलको गेडा खानुपर्दा कसैले वास्ता गरेन । अहिले के-के भयो रे भनेर चामलका गेडा खानु पर्या छ ! २६ बर्षअघि बिहे गरे दशा लाग्छ रे ! यहाँभन्दा दशा के लाग्नु छ र ! अरुले देखेको थोरै नाम्ररो, भोगेका कयौं पीडाहरुभन्दा बढी हुँदा रहेछन् ! किन हो थाहा छैन !’
कफी पसल आइपुग्यो !’ ल ल बन्द गर अव यो कुरा, गएर कफी खाउँ !’
टेबलमा बसेर उनी फेरी बोली, ‘ म यहाँसम्म कफी मात्र खान आएको हो र ? के मैले बोलेको सुन्न मन छैन हो ?’
‘ए होइन, होइन ! तिम्रा सबै कुरा सुन्न न यहाँसम्म आएको हुँ !’ साच्चै त्यो काका अहिले कहाँ छ ? खास त्यो दिन के भएको हो ?’ मैले सोधें ।
‘भन्दै थिएँ त ! रोक्नु भो ! अहिले उतै गाउँमा छन् !’
‘अनि पछीसम्म कसैलाई भनेनौं यो कुरा ?
‘किन नभन्नु ! सबैलाई थाहा छ ! धेरैपछी आमालाई भनें ! मेरा सब साथीहरुलाई थाहा छ ! र आज तपाईंलाइ पनि भन्छु !’
‘मामुलाई पनि थाहा छ ?’ म झस्किएँ !
‘थाहा छ ! थाहा पाएको दिन के भयो, त्यो दिन काकाले मलाइ कसरी आफ्नो सिकार बनायो थाहा छ ?’  मैले मुन्टो हल्लाएँ ।

वरीपरी हेरी । हामी कुनाको क्याबिनमा थियौं ! ‘आफुले लगाएको शर्ट थोरै पल्टाएर  स्तनको थोरै भाग देखाउंदै उनी बोल्न थालिन्,’ त्यो दिन….’


लेखकलाई फलो गर्नुहोस् :
बाँकी अर्को अंशमा….
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी