
- रोहन शर्मा
हिजो र आज २ दिनमा हाम्रो सेयर बजारमा समग्र अँकको खेल हेर्दा २०० अंक भन्दा बढीको उतार चढाव देखियो । परीसुचकको कुरा गर्ने हो भने हिजो १४०४ सम्म झरेको नेप्से आज १५५० माथी पुगेर बन्द भयो। हिजो र आज दुबै दिन देखिएको समान प्रबृती चाहिं सुरुमा आत्तिएर बेच्नेको भिड ,बिस्तारै खरिदतर्फ चाप, तिब्र उतार चढाव बिच अन्त्यमा ४० भन्दा बढी अंकको बृद्धी।
सेयर बजारमा लागेको १२ बर्षमा कुनै पनि दिन यस्तो ठुलो उतार चढाव (Volatile Situation ) देखिएको थिएन। जबकि यस अघी मुलुकको राजनितिक आर्थीक अवस्था अस्तब्यस्त हुँदाको समयमा पनि सेयर बजार सन्तुलित थियो। जसको मुख्य कारण त्यो समय बजारमा लगानिकर्ता हावी थिए भने अहिले कारोबारी। लगानिकर्ता भन्दा कारोबारी बजार प्रती अनुत्तरदाई हुँदाको परिणाम हो हिजो र आजको बजारको प्रबृत्ती।
भर्खर एक मित्रले म्यासेज गर्दै सोधे,” रोहन सर भैसकेको कारोबार क्यान्सिल गर्न मिल्छ नि हैन ? हिजो पनि सुरु मै फालियो आज पनि सुरु मै फालियो । हिजो को त सानो कित्ता थियो तर आज त ७ लाखको बेच्दा अन्तिम मुल्यसँग हिसाब गर्दा ९००००/- फरक पर्यो। २६ नं ब्रोकर बाट कारोबार भएको हो । चिनजान छ भने सहयोग गर्नु पर्यो डिल क्यान्सिल गर्न, बरु चुप लागेर बस्नुपर्ने रैछ बेक्कार बेचिएछ!”
यस्तो धेरै लाई परेको छ। खरिद मुल्य भन्द बजार भाउ घटेको भए खरिदकर्ता डिल क्यान्सिलको लागी तयार हुने थियो तर बढेपछी को मान्छ क्यान्सिल गर्न। अनि पटक पटक यस्तो काम गर्ने हो भने बजारप्रतीको बिश्वसनियतानै कहाँ रहन्छ र।
सेयर खरिद बिक्री गर्नुपुर्व मित्रहरुलाई अनुरोध:
☆तपाईंको लगानीको उदेश्य(Short term or Long term) मा आफु प्रष्ट हुनुहोस्।
☆ आफुले लगानी गरेको कम्पनीप्रती ढुक्क हुन सिक्नुहोस्।
☆ प्रतिफलको टार्गेट सेट गर्नुहोस्।
☆कहिले काहिं अंक हावाको पछी कुद्ने हुँदा तपाईं अंकको पछी नकुद्नुस्।
☆ कुनै पनि घटनाक्रमले बजारलाई प्रभाव पार्दा पुराना घटनाक्रम र प्रबृती लाई पनि सम्झनुहोस्।
☆ राजनितिक आर्थीक अवस्था सँसारभर कुनै पनि मुलुकमा सँधै एकनास हुँदैन। रात पछी दिन अनि दिन पछी रात आउने हुँदा हामीले दुबै अवस्थालाई सहज रुपमै स्विकार्नु पर्दछ।
अन्त्यमा,Chhote Lal Rauniyar सरको भनाई ( “नेपालको सेयर बजारमा भर्खर GOLDEN ERA सुरु भएको छ, यस्तो बेलामा तपाईं किन भाग्नुहुन्छ ?”) भन्ने कुरालाई समर्थन गर्दै भन्छु, नेपालको सेयर बजारको भबिश्य उज्ज्वल छ। कुरा सबैको सुनौं निर्णय आफ्नो गरौं।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्