
- रोहन शर्मा
आँखामा छारो हाल्ने अनि लोलोपोतोको काम हुँदैछ । सेयर ब्रोकरलाई राजधानी बाहिर रिमोर्ट वर्क स्टेसन (RWS) खोल्न दिने काम अघी बढाईँदैछ रे! लाजमर्दो कुरा राजधानी बाहिरको लागी भनेर लिएको ट्रेडिङ विन्डो त कतिपय ब्रोकरले काठमाण्डुबाटै खुलेआम सँचालन गरिरहेका छन्। अनि २ बर्ष पहिले बुटवलमा सँचालन आएको एउटा ब्रोकरले १ बर्ष पनि नबित्दै सटर बन्द गर्यो । हुँदैन हौ…..जती कोशीश गरे पनि बोकाको दुध आउँदैन। सिधै बैंकलाई ब्रोकर लाईसेन्स दिए हुन्छ ।
छिमेकी मुलुक भारतमा सेयर ब्रोकर लाईसेन्स सम्बन्धी एउटा प्राबधान छ । एउटा निश्चित क्राईटेरियामा फिट हुनेले सजिलै ब्रोकर लाईसेन्स पाउँछन् । तर बिडम्विना हाम्रो मुलुकमा चाहिं दलाली ब्यवसायमा आफ्नै हात गजन्नाथ जस्तै छ। ५० ब्रोकर ले अर्बौंको ब्यापार धानेकै छन् । ब्रोकर सँख्या कम भएन र भन्या ? तर अब छिट्टै यो पुर्खौली पेसा अनि मोनोपोली ब्यापार मान्नेहरुले सौता आयो भनेर नसोच्नु होला। नेपालको सेयर बजारले अब एसियामै छलाङ मार्नेछ। मुटु ठुलो बनाऔं अनि प्रतिस्पर्धाको लागी तयार रहौं ।
ब्रोकर लाईसेन्समा एउटा प्राबधान तोकेर साधारण लगानिकर्ताको हकहितलाई प्राथमिकतामा राखेर खुल्ला प्रस्तिपर्धा आव्हान गरौं। मोनोपोली ब्यापारको अन्त्य गरौं।
यो एउटा अन्तराष्ट्रिय प्रयोग पनि हो। छिमेकी मुलुक भारतको प्रयोगलाई नै हेर्न सकिन्छ। बैंकहरुले आफ्नो मेर्चेन्ट बैंक मार्फत सेयर किन बेच बाहेकका सेयर सम्बन्धी सबै काम गर्दै आएकामा अब ब्रोकरको कारोबार पनि गर्न दिंदा झनै राम्रो हुन्छ।देशभर पुर्वाधार तयारगरी आफ्नो पहुँच पुर्याई सकेका बैंक लाई ब्रोकर लाईसेन्स दिनु भनेको फास्ट ट्र्याकबाट देशभर सेयर कारोबार बिस्तार गर्नु हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्