×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री घुस लिँदै गर्दा पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अर्थमन्त्री घुस लिँदै गर्दा पक्राउ

Artha Sarokar

३० कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – रुसका अर्थमन्त्री एलेक्सी उल्याकायेब घुस लिँदै गर्दा पक्राउ परेका छन् । तेल कम्पनी रोजेनफन्टसँग २० लाख डलर घुस लिँदै गर्दा मन्त्री उल्याकायेब पक्राउ परेका त्यहाँको भ्रष्टाचार विरोधी संस्था इन्भेष्टिगेटिभ कमिटीलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।
रोजेनफण्टले अर्को तेल कम्पनी बासेनफण्टको ५० प्रतिशत स्वामित्वका लागि स्वीकृति दिंदा अर्थमन्त्रीले धम्की दिएर घुस लिएको कमिटीको दाबी छ ।
उनलाई पक्राउ गरी हिरासतमा राखिएको छभने छिट्टै मुद्दा दायर गर्ने तयारी छ ।  रुसमा सन् १९९१ मा भएको सत्ता पलटको प्रयासपछि भ्रष्टाचारको मामिलामा हिरासतमा परेका मध्ये मन्त्री एलेक्सी सबैभन्दा माथिल्लो तहका नेता हुन् । आरोप पुष्टि भएमा उनलाई ८ देखि १५ वर्षसम्मको जेल सजाँय हुनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी